महोत्तरीका चौबिस गाउँ बाढीको उच्च जोखिममा
नेपालबहस संवाददाता
असोज १२, २०८१ शनिबार १४:३०:४८
१२ असोज, जलेश्वर 'महोत्तरी' । चारदिनदेखिको अविरल वर्षाले जिल्लाका अधिकांश नदी तथा खोलामा बाढी आएको छ । रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन, मरहालगायत नदीमा बाढी आएको हो ।
अविरल वर्षासँगै जिल्लाको नदीमा आएको बाढी गाउँ पस्ने जोखिम बढेको स्थानीय बताउँछन् । यसैबीच जल तथा मौसम विज्ञान विभागले महोत्तरीका सबै नदीहरुमा जोखिमको तह पार गरिसकेको जनाएको छ ।
नदी तटिय गाउँबस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गलालले बताए । जिल्लाका नदी आसपासका २४ बढी गाउँ बाढीको उच्च जोखिममा रहेका उनले जानकारी दिए ।
अत्यधिक वर्षा हुँदा यसअघि पनि जिल्लाका अधिकांश भाग डुबानमा पर्ने र सयौँलाई विस्थापित बनाउँदै आएको प्रजिअ गलालले उल्लेख गरे । “स्थानीयको सुरक्षाका लागि जिल्लाका प्रशासन तथा सुरक्षा निकायसहित जिल्ला विपद् व्यवस्थापन समितिले आइपर्ने जोखिममा उद्धार गर्न आवश्यक तयारी गरिसकेको छ”, उनले भने ।
अहिलेसम्म जिल्लामा कुनै किसिमको मानवीय तथा भौतिक क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जङ्गल सफारीमा पर्यटक
पुष ७, २०८१ आइतबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार