पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
नेपालबहस संवाददाता
असोज १२, २०८१ शनिबार १५:१०:५२
१२ असोज, पर्वत । फलेवास नगरपालिका–१ कार्कीनेटाका आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । घर पोत्ने रातो माटो खन्न गत मंगलबार साँझ घरबाट निस्किएका ३२ वर्षीया गङ्गा पौडेल र आठ वर्षीया दिपीका पौडेल बेपत्ता भएका हुन् ।
स्थानीय कार्कीनेटा बजारमा गङ्गा बिजुली पसल सञ्चालन गर्दै आएका श्रीमान् दीपक शर्मा विद्युत् मर्मत गर्न गाउँतर्फ गएका बेला उनीहरु घर पोत्ने माटो खन्न भिरमुनि भन्ने ठाउँमा गएका थिए ।
अबेरसम्म घर नफर्किएपछि आफन्त, इष्टमित्र मिलेर खोजी गरिएको थियो । पाँचदिनदेखि बेपत्ता उनीहरु हालसम्म फेला नपरेका गङ्गाका श्रीमान् शर्माले बताए । बेपत्ता आमाछोरीको खोजी गर्न प्रहरीमा उजुरी दिनुका साथै सबै संयन्त्र प्रयोग गरिएको उनले उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बेपत्ता आमाछोरीको हुलियासहित खोजी कार्य भइरहेको बताए । प्रहरीका सबै संयन्त्र परिचालन गरी खोजी भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार