नेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
नेपालबहस संवाददाता
असोज १२, २०८१ शनिबार १९:४२:४०
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बिपत व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताएका छन् । देशका प्राय सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ। जिल्ला सदरमुकामहरु सडक सम्पर्कबाट विच्छेद छन । बस्तीहरु डुबानमा छन् । नागरिकहरु चरम सङ्कटमा छन् । तर राज्य कहाँ छ यतिबेला ?
नेपाली कांग्रेस सल्यान-काठमाडौ सम्पर्क समितिले काठमाडौमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले राजधानीमै हेर्दाहेर्दै र देख्दादेख्दै मान्छे बगाएको घट्नालाई समेत सरकारले बेवास्ता गरेको आरोप समेत लगाए । सरकार भनेको केवल कुर्सी र पद मात्रै नभएको भन्दै कोइरालाले प्रश्न गरे- मन्त्री क्वाटरकै छेउबाट नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
मौसम पुर्वानुमान बिभागले केही दिन देखी नै यतिबेला भारी वर्षा हुन्छ भनेपनि सरकारले त्यसको लागि आवश्यक तयारी नगर्दा मानवीय क्षति भएको कोइरालाको भनाई छ । सरकारको यो चरम लापरबाही भएको उनको जिकिर छ । कोइरालाले यस विपत्तिको घडीमा कांग्रेस पार्टीका हरेक तहका नेताहरूलाई उद्धारमा जुट्न समेत आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार