विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरीबाट १० हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन
नेपालबहस संवाददाता
असोज १२, २०८१ शनिबार २०:३४:१६
१२ असोज, काठमाडौं । तीनदिनदेखि सुरु भएको अविरल वर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाहरुमा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १० हजार ५ सय ४० जना जनशक्ति परिचालित भएका छन् । बाढी, पहिरो र डुवानमा परेका २ हजार ८ सय ६० जनाको सकुशल उद्धार गरेको छ भने ७६ जनाको मृत्यु, ७२ जना वेपत्ता, ३६ जना घाइते र १ सय ९५ ठाउँमा भौतिक क्षति भएको सशस्त्र प्रहरीले जनाएको छ ।
उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर ३ वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब ४ हजार जनशक्ति परिचालित भई १ हजार ४ सय ५७ जनाको सकुशल उद्धार गरिएको छ भने ३४ जनाको मृत्यु, २१ जना वेपत्ता, १५ जना घाइते र २ स्थानहरुमा भौतिक क्षति पुगेको छ ।
यसैगरी कोशी प्रदेशको पाँचथर, ओखलढुङ्गा, धनकुटा, झापा, मोरङ, सोलुखुम्बु र सुनसरीमा गरी ८ सय ५३ जनाको सकुशल उद्धार गरिएको छ भने १ सय ५२ स्थानमा भौतिक क्षति, १० जनाको मृत्यु, ९ जना वेपत्ता र २ जना घाइते भएका छन् । मधेश प्रदेशको रौतहट र महोत्तरी जिल्लामा ५५ जनाको सकुशल उद्धार गरिएको छ भने १० स्थानहरुमा भौतिक क्षति र १ जना वेपत्ता भएका छन् ।
यसैगरी बागमती (उपत्यका बाहेक) काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ र चितवन जिल्लामा गरी ४ सय ९४ जनाको सकुशल उद्धार गरिएको छ भने ३१ स्थानमा भौतिक क्षति, २९ जनाको मृत्यु, १९ जना घाइते र ३९ जना वेपत्ता भएका छन् । यसैगरी लुम्बिनी प्रदेशको रुपन्देहीमा बाढीमा परी २ जना बेपत्ता भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
मंसिर २४, २०८१ सोमबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार