टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
नेपालबहस संवाददाता
असोज १३, २०८१ आइतबार ७:६:९
१३ असोज, काठमाडौं । टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो । क्यानडाको किङ्ग सिटीमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २३ रन बनायो । एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर खेल्दै सवै विकेट गुमाएर एक सय नौ रन मात्र बनाउन सक्यो ।
ब्याटिङ गर्ने क्रममा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए । यस्तै कुशल मल्लले १२, देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन बनाए । बलिङतर्फ क्यानडाका कलिम सानाले चार विकेट लिए । यस्तै साद बिन जाफरले तीन तथा प्रविन कुमार र अखिल कुमारले एक एक विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गर्दै क्यानडाका लागि साद बिन जाफरले १८ बलमा तीन चौकासहित २३ रन बनाए । यस्तै श्रेयस मोभ्भाले २२, प्रविन कुमारले १९, नवनित धालिवालले १४ तथा अखिल कुमारले १४ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले तीन तीन तथा दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले एक एक विकेट लिए । नेपालले दोस्रो खेल अब आज राति ओमानसँग खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला
पुष १२, २०८१ शुक्रबार
‘खतरनाक नयाँ युग’ : जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार