बाढी पहिरोले पुर्याएको क्षतिले पीडाबोध भयो : पूर्वराजा ज्ञानेन्द्र
नेपालबहस संवाददाता
असोज १३, २०८१ आइतबार ११:२६:९
१३ असोज, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्याएको क्षति प्रति दुःख व्यक्त गर्दै नेपालीको जीवन गुमेको, घाइते हुनु परेको र आफ्नो जायजेथा गुमाउनु परेको सुन्नु पर्दा अत्यन्त पीडाबोध भएको बताएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले यो बेला भारी बर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हुँदा हुँदै त्यसमा अग्रिम तत्परता तथा पूर्व प्रतिकार्य नभएर यति ठुलो मानवीय र भौतिक क्षति हुनु निकै नै दुःखद कुरा भएको बताएका छन् ।
उनले भनेका छन्- 'हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया हो । त्यसैले रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त व्यवस्थामा ध्यान दिन सके क्षति न्यूनीकरणमा योगदान पुग्नेछ ।'
उनले दशैं तिहार जस्ता हाम्रा महत्वपूर्ण पर्वहरू निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक संजालहरु अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएको प्रति पनि आफ्नो गम्भीर चासो रहेको बताएका छन् ।
साथै उनले यो स्थितिमा मृतक परिवारलाई उचित राहत, वेपत्ताहरुको खोजी तथा घाइतेहरूको शिघ्र उपचार हुनु पर्ने भन्दै अस्तब्यस्त जनजीवनलाई सुधार गर्ने तर्फ राज्यले तदारुक प्रयत्न गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्- 'प्रकृति, परिवेश र प्रवृत्ति अनुरूप हाम्रा विकास प्रकृया अघि बढ्नुपर्दछ । आफ्नो परिवेश माथि खेलवाड हुने बस्ती, व्यवस्था र विकास गतिविधिले विपत्ति र विनाश मात्रै निम्त्याउँदछ । त्यसमा हामी सबैको ध्यान पुग्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण हो । शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनाशको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था, निगरानी पुगोस् भन्ने हाम्रो चाहना छ ।ु
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार