जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द
नेपालबहस संवाददाता
असोज १३, २०८१ आइतबार १२:१८:११
१३ असोज, बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ ।
जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो ।
बाँध खोलेर जलाशयको पानीलाई निकाशा दिएपछि जलसतह केही घटेकाले आज ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनााका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।
उनका अनुसार कुलेखानीको जलाशयमा कुल एक हजार पाँच सय ३० मिलिमिटर पानी भण्डारण गर्ने क्षमता भएपनि शनिबार एक हजार पाँच सय ३१ मिलिमिटर पानी भरिएर खतराको सङ्केत देखिएपछि दुई ढोका खोलिएको थियो ।
शनिबार साँझदेखि वर्षा रोकिएको भन्दै ढोका खोलेर पानी बाहिर निकालिएकाले जलाशयमा जलसतह घटेको प्रमुख भट्टले जानकारी दिए । उनका अनुसार अहिले जल विद्युत् उत्पादन पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ ।
यसैबीच वर्षा रोकिएपछि पहिरोका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौं र हेटौँडा–सिन्धुली जोड्ने सडकमा आज बिहानैदेखि पहिरो पन्छाउने काम सुरु भएको छ ।
सडक विभाग र सुरक्षा निकायले हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र भिमफेदी–दक्षिणकाली खण्डमा बिहानैदेखि पहिरो पन्छाउने काम गरिरहेका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले जानकारी दिए । त्यस्तै मदनभण्डारी लोकमार्गअन्तर्गत विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर आवागमन नियमित सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार दिउँसो १ बजेसम्ममा १२९ जनाको मृत्यु
असोज १३, २०८१ आइतबार
झ्याप्ले खोलामा पहिरोमा पुरिएका बसबाट ३५ जनाको शव निकालियो
असोज १३, २०८१ आइतबार
दैविप्रकोपबारे छलफल गर्न सिंहदरबारमा सर्वपक्षीय बैठक
असोज १३, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
भारत र बंगलादेशबीचको टेस्ट वर्षाले प्रभावित, तेस्रो दिनको खेलपनि रद्द
असोज १३, २०८१ आइतबार
दिल्लीमा पक्राउ गरी नेपाल ल्याइएका ढोरपाटनका मेयर नेपालीलाई पठाइयो बागलुङ
असोज १३, २०८१ आइतबार
उपत्यकामा बिक्री हुने ११ ब्राण्डका पानीमा भेटियो कोलिफर्म, २ लाख तिराएर छाड्ने तयारी
असोज १३, २०८१ आइतबार
चलचित्र ‘एक्टर : टेक वन’को टिजर सार्वजनिक
असोज १३, २०८१ आइतबार
आइतबार दिउँसो १ बजेसम्ममा १२९ जनाको मृत्यु
असोज १३, २०८१ आइतबार
झ्याप्ले खोलामा पहिरोमा पुरिएका बसबाट ३५ जनाको शव निकालियो
असोज १३, २०८१ आइतबार