सुपथ मूल्य बिक्री कक्षमा नेपाली जुत्ताप्रति उपभोक्ताको आकर्षण
नेपालबहस संवाददाता
असोज १३, २०८१ आइतबार १२:३९:५७
१३ असोज, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक व्यवसायीले उपत्यकाका दुई स्थानमा दशैं, तिहार र छठका अवसरमा सञ्चालन गरेको सुपथ मूल्य जुत्ता पसलमा उपभोक्ताको आकर्षण देखिएको छ ।
जुत्ता उत्पादन सङ्घका अध्यक्षसमेत रहनुभएका उद्योगी रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि केही व्यवसायीहरूले मिलेर सञ्चालन गरेका नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्रान्डका जुत्ता तथा चप्पलका उक्त पसलमा उपभोक्ताले विशेष चासोका साथ खरिद तथा अवलोकन गर्न थालेका छन् ।
पर्व लक्षित गरेर केही जुत्ता उद्योगका उद्योगीले कम्तीमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरि उक्त सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । सुपथ मूल्य पसल भएका कारण उपभोक्ताको आकर्षण अझै बढ्ने उनको भनाइ छ ।
उनले अहिले साल्ट ट्रेडिङसँग केही व्यवसायीले सहकार्य गरे पनि आगामी दिनमा धेरै व्यवसायीलाई सहभागीगराई देशैभर सरकारद्वारा सञ्चालित व्यापारिक प्रतिष्ठानसँग सहकार्य गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने बताए ।
उनले नेपाली उत्पादनलाई देशव्यापी बनाएर सबैको सहज पहुँच बनाउन पहल गर्ने बताए । जुत्ता उत्पादक सङ्घले नेपाली जुत्तालाई सिंहदरबारदेखि गाउँसम्म पु¥याउन प्रयत्न गरिरहेको उनको भनाइ छ ।
संघका वरिष्ठ उपाध्यक्ष सुरज बञ्जाडेले कालीमाटी र जडीबुटीस्थित सुपथ जुत्ता पसलबाट बिहीबारसम्ममा दिनहुँ १००÷१०० जोर हाराहारीमा जुत्ता तथा चप्पल बिक्री भएको बताए ।
उनले छोटो समयमै उपभोक्ताको आकर्षण बढेको र दैनिक उपभोग्य वस्तु खरिद गर्न आउने हरेक उपभोक्ताले जुत्ता बिक्री कक्षको अवलोकन गरेरै जाने गरेको जानकारी दिए । बञ्जाडेले शुक्रबार र शनिबार वर्षाले प्रभावित बनाएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
टोयोटाको लक्जरी क्यामरी भारतीय बजारमा लन्च हुँदै
मंसिर २६, २०८१ बुधबार
बहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार