श्रीलङ्का टापुमा फसेका २५ जनाको उद्धार
नेपालबहस संवाददाता
असोज १३, २०८१ आइतबार १३:१४:२४
१३ असोज, धरान । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ ।
बराहक्षेत्र–६ ठाकुरवारीस्थित कोशीको बीच टापुमा भैंँसीपालन गरी बस्दै आएकाहरु शुक्रबारदेखि सप्तकोशी नदीमा आएको बाढीले अलपत्र परेका थिए । अलपत्र परेका २५ जनालाई आज प्रहरीको सहयोगमा डुङ्गामार्फत उद्धार गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए।
शनिबार बिहानदेखि उहाँहरुको उद्धारका लागि प्रहरी परिचालन गरिए पनि निरन्तर वर्षा भइरहेकाले तत्काल उद्धार सम्भव नभएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीेसहितको टोलीले हेलिकप्टरमार्फत उद्धार गर्न सङ्घीय सरकारसँग समन्वय गरेको थियो । प्रतिकूल मौसका कारण शनिबार उनीहरुको उद्धार गर्न नसकिएको नगरप्रमुख कार्कीले बताए ।
नगरप्रमुख कार्कीले भने, “शुक्रबारदेखि कोशी नदीमा जलसतह बढेर बाढी आएपछि उहाँहरु निस्कन नसकेर श्रीलङ्का टापु ठाकुरवारी क्षेत्रमा अलपत्र पर्नुभएको थियो ।” आज कोशीमा पानीको बहाव घटेसँगै बिहान नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा डुङ्गामार्फत २५ जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार दिउँसो १ बजेसम्ममा १२९ जनाको मृत्यु
असोज १३, २०८१ आइतबार
झ्याप्ले खोलामा पहिरोमा पुरिएका बसबाट ३५ जनाको शव निकालियो
असोज १३, २०८१ आइतबार
दैविप्रकोपबारे छलफल गर्न सिंहदरबारमा सर्वपक्षीय बैठक
असोज १३, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
भारत र बंगलादेशबीचको टेस्ट वर्षाले प्रभावित, तेस्रो दिनको खेलपनि रद्द
असोज १३, २०८१ आइतबार
दिल्लीमा पक्राउ गरी नेपाल ल्याइएका ढोरपाटनका मेयर नेपालीलाई पठाइयो बागलुङ
असोज १३, २०८१ आइतबार
उपत्यकामा बिक्री हुने ११ ब्राण्डका पानीमा भेटियो कोलिफर्म, २ लाख तिराएर छाड्ने तयारी
असोज १३, २०८१ आइतबार
चलचित्र ‘एक्टर : टेक वन’को टिजर सार्वजनिक
असोज १३, २०८१ आइतबार
आइतबार दिउँसो १ बजेसम्ममा १२९ जनाको मृत्यु
असोज १३, २०८१ आइतबार
झ्याप्ले खोलामा पहिरोमा पुरिएका बसबाट ३५ जनाको शव निकालियो
असोज १३, २०८१ आइतबार