बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध
नेपालबहस संवाददाता
असोज १३, २०८१ आइतबार १४:५:१२
१३ असोज, तनहुँ । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रुपमा रहेको बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि एक दर्जनबढी स्थानमा पहिरो खस्दा उक्त मार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।
गण्डकी प्रदेश सरकारले पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा यसलाई विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउनेसम्म पुग्न बुद्धसिं मार्गबाट करिब २५ किलोमिटर दूरी कम पर्ने बुद्धसिं मार्ग सरोकार समितिका संयोजक सिद्धान्त गर्जामगरले जानकारी दिए ।
पहिरोका कारण सुडे, बेलबास निउरोघारी, मास्दी, नाल्दी, खानीखोला ढाप, बरखोला, साराङघाट, तल्लो साराङघाट, प्यूघरलगायत १२ स्थानमा पहिरो खस्दा मार्ग अवरोध भएको उनले बताए ।
पहिरोका कारण साराङघाट, मास्दीघाट क्षेत्रका बासिन्दाको जनजीवन बढी प्रभावित बनेको संयोजक गर्जामगरले जानकारी दिए । उनका अनुसार गाउँमा कोही बिरामी भएमा बन्दीपुर हुँदै राजमार्ग भएर दमौली पुर्याउनुपर्ने अवस्था छ ।
गर्जामगरले भने, “यथाशीघ्र मार्ग सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ, आशा छ छिट्टै पहलकदमी हुनेछ ।” पहिराले सेतीगङ्गा आधारभूत विद्यालयका आइसिटी र विज्ञान प्रयोगशालाका कक्षाकोठा पूर्ण रुपमा क्षति भएका विद्यालयका प्रधानाध्यापकसमेत रहेका उनले बताए ।
“पहिरोले स्थानीय मङ्गलबहादुर गुरुङको घर पूर्ण रुपमा क्षति हुनुका साथै बर्जबहादुर गुरुङ र डुलबहादुर गुरुङको घरमा आंशिक क्षति भएको छ”, उनले भने, “माथिबाट आएको पहिरोले करिब तीस रोपनी खेतबारी पूर्ण रुपमा नोक्सान भएको छ ।”
तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीमा निर्माण कम्पनीले करिब १० किमी खण्डमा ‘आक्सफाल्ट प्रविधि’ बाट कालोपत्र गर्न थालेको थियो ।
पूर्वाधार विकास कार्यालयले मैनाचुली–सफल जेभी काठमाडौँसँग वि.सं २०८२ जेठ ३० गतेसम्म गर्ने गरी वि.सं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता भएको पूर्वाधार विकास कार्यालयकी सूचना अधिकारी एवं इञ्जिनियर धनमाया मिश्रले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारले सो मार्गलाई प्राथमिकतामा राखेर गत आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेको थियो । चितवनको घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँको सीमानामा पुगेर फर्कन बाध्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौँडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
असोज १३, २०८१ आइतबार
पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित
असोज १२, २०८१ शनिबार
नारायणगढदेखि मुग्लिन हुँदै नागढुंगा सडकमा भोली बिहान ५ बजेसम्म सवारी चलाउन रोक
असोज १२, २०८१ शनिबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
काठमाडौं महानगरका वडाहरूबाट अस्थायी बासस्थान र खानाको व्यवस्था
असोज १३, २०८१ आइतबार
प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटघाट
असोज १३, २०८१ आइतबार
बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १४८ पुग्यो, ५५ जना बेपत्ता
असोज १३, २०८१ आइतबार
रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
कोसीमा पानीको बहाव घट्दै
असोज १३, २०८१ आइतबार