सिड्नीमा गुञ्जिँए रामकृष्ण
नेपालबहस संवाददाता
असोज १३, २०८१ आइतबार १४:७:३५
१३ भदौ, काठमाडौं । गायक रामकृष्ण ढकालले ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणको सुरुआत अष्ट्रेलियाको प्रमुख शहर सिड्नीबाट गरेका छन् ।
शनिवार बेलुकी सिड्नीस्थित रगडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा उनले आफ्नो नयाँ तथा पुराना गीत प्रस्तुत गरे । ‘बिहान उठ्ने वितिकै’ गीत गाउँदै स्टेजमा देखिएका गायक ढकालले आफ्नो चर्चित गीतहरू ‘बाचुन जेलिलाई’, ‘ओराली लागेको’, ‘नजिक आउनुमा’, ‘चरीले त छाडेर’’ लगायतका गीत प्रस्तुत गरेका थिए ।
उनले स्वरसम्राट नारायण गोपालका गीतहरू स्थानीय ब्याण्डसँग प्रस्तुत गर्दा उपस्थित दर्शकले प्रत्यक्ष नारायण गोपाल सुनेको प्रतिक्रिया दिए । अन्त्यमा उनले आफ्ना डान्सिङ नम्बर ‘ए माया जदौ’ गाउँदा उपस्थितिले नाचेर साथ दिए । सन् २००९ देखि नै आफूले अष्ट्रेलियामा कन्सर्ट गरिरहेको र यो चौथोपटक रहेको गायक ढकालले बताए ।
‘अष्ट्रेलियामा मैले सधैं मायाँ पाउनु गरेको छु, यसलाई धन्यवाद भन्ने म सँग शब्द छैन । मैले यहाँ ट्रयाक र ब्याण्ड गरी दुई चरणमा आफ्ना गीत प्रस्तुत गरेँ । यसपटकको अष्ट्रेलिया टुरको सुरुआत सिड्नीबाट गर्न पाउँदा म निकै उत्साहित छु’, उनले भने ।
कार्यक्रममा उनले नेपालमा लगातार परिरहेको पानीका कारण आएको बाढीपहिरो र त्यसबाट परेको असरबाट आफू पनि अछुतो नरहेको बताए । ‘एउटा कलाकारको धर्म नै उसको कर्म हो । नेपालमा एकजना गीतकार हुनुहुन्छ र उहाँको परिवारलाई म आफ्नो परिवार मान्छु । उहाँको घरकै गेटमा पहिरो परेर थुनिनुभएको छ, उद्दार कार्य भइरहेको छ । तर, म एउटा कलाकारको धर्म निर्वाह गर्न यहाँ स्टेजमा छु’, उनले भने ।
पाल्पा सर्भिसेसले आयोजना गरेको कार्यक्रममा गायक ढकालले तीन घण्टा आफ्नो गीतमार्फत उपस्थितलाई बाध्न सफल भए । आयोजक पाल्पा सर्भिसेसका अध्यक्ष दिनेश श्रेष्ठले कार्यक्रम भव्य र सभ्य रुपमा सफल भएको बताए ।
उनले भने,‘गायक ढकाललाई प्रत्यक्ष सुन्न सिड्नीवासी अधैर्य थिए, उनीहरूको उपस्थिति बाक्लो देखियो । उहाँलाई प्रत्यक्ष सुन्न् परिवारकै उपस्थिति देखिएको थियो, जहाँ बच्चादेखि वृद्धसम्म थिए । अर्थात् उहाँलाई सुन्न सवै वर्गका दर्शक देखिए ।’
गायक ढकालले यसपटकको दसैँ अष्ट्रेलियामै मनाउने भएकाले विभिन्न सहरमा आफू प्रस्तुत हुने बताए । उनले न्युक्यासल, एडिलेड लगायतका सहरमा आफ्नो प्रस्तुति तय भइसकेको जानकारी दिए । सोही कार्यक्रममा गायक ढकालले नेपाली सङ्गीतलाई विश्वभर चिनाउन गरेको योगदान र सङ्गीतमा दिएको निरन्तरताको कदर गर्दै आयोजक श्रेष्ठ, ए टू जेट क्लिनिङ सप्लाएर्स, क्लिनिङ् एण्ड हस्पिटालिटीका प्रमुख कृष्ण थापा र चलचित्र निर्माता सुभाष थापाले सम्मान गरेका थिए ।
उक्त अवसरमा गायक ढकालले आफ्नो गीत ‘जीवनको हिसाब’ वल्र्ड प्रिमियर गरे । कार्यक्रममा उपस्थित दर्शकलाई आफ्नो भिडियोको पहिलो दर्शक बनाएका ढकालले गीतमा आर्थिक अभावका कारण जीविकोपार्जनका निमित परदेशिन बाध्यभएका नेपालीको कथा प्रस्तुत गरिएको बताए ।
‘यस गीतमा अहिलेको समसामयिकता प्रस्तुत गरेका छौँ । विदेशमा रहेकाले यसको कुनै न कुनै पक्षसँग जोडिनु हुन्छ जस्तो लागेको छ । यसको शब्द भाव अनुसार नै भिडियोसमेत तयार गरेका छौँ’, उनले भने ।
ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा मनोज खड्काको शब्द र डेनी निरौलाको सङ्गीत रहेको छ । धनेन्द्र रसाइलीको निर्देशनमा तयार भएको भिडियोमा दीलिप रायमाझी, सविना थपलिया, मनोज खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । यो कार्यक्रममा गोल्ड स्पोन्सरको रुपमा सर्च एजुकेसन र सिल्भर स्पोन्सरको रुपमा गोर्खाज सुपरमार्केट जोडिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो गीत सार्वजनिक
असोज १२, २०८१ शनिबार
दशैं आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो...
असोज ११, २०८१ शुक्रबार
फिल्म छक्का पञ्जा-५ को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक
असोज ३, २०८१ बिहिबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
कोसीमा पानीको बहाव घट्दै
असोज १३, २०८१ आइतबार
दशैँलाई लक्षित गर्दै भेटायोले ल्यायो झन्झट रहित चाडपर्वका अफरहरू
असोज १३, २०८१ आइतबार
नख्खु खोलाबाट तीन जनाको उद्धार गर्ने चणिकलाललाई सुदन किराँतीले गरे सम्मान
असोज १३, २०८१ आइतबार
विपद्का घटनामा परी मृत्यु हुनेको संख्या १३२ पुग्यो
असोज १३, २०८१ आइतबार