दिल्लीमा पक्राउ गरी नेपाल ल्याइएका ढोरपाटनका मेयर नेपालीलाई पठाइयो बागलुङ
नेपालबहस संवाददाता
असोज १३, २०८१ आइतबार १५:११:४२
१३ असोज, काठमाडौं । सहकारी बचतकर्ताको सवा अर्ब अपचलन गरी फरार भएका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बागलुङ पठाइएको छ । उनलाई इन्टरपोलको सहयोगमा भारतको नयाँ दिल्लीमा पक्राउ गरिएको थियो । शुक्रबार पक्राउ परेका उनलाई काठमाडौं ल्याएर बाग्लुङ पठाइएको हो ।
सहकारीको रकम ठगेको भन्दै उजुरी परेपछि नेपाली करिब डेढ वर्षदेखि फरार रहेका थिए । उनलाई विमानबाट काठमाडौँ ल्याएर थप अनुसन्धानको लागि बागलुङ पठाइएको सीआईबीले जनाएको छ । पोखरा र बागलुङमा सञ्चालित ईमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष तथा पोखरामा सञ्चालित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको संचालक समिति उपाध्यक्ष रही सहकारीको एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ ।
सीआईबीका अनुसार सोही प्रकरणमा बागलुङको बुर्तिबाङका ओम प्रसाद दर्जीलाई समेत पक्राउ गरी बागलुङ पठाइएको छ । ०७९ को निर्वाचनमा ढोरपाटनको मेयर बनेका नेपालीले सहकारीको अध्यक्षका रुपमा बचत रकम अपचलन गरेको खुलेपछि उनीविरुद्ध बचतकर्ताले उजुरी दिएका थिए । प्रहरीले मेयर नेपालीसमेत ८ जनालाई प्रतिवादी बनाएर सहकारी ऐन २०७४, अन्तर्गतको कसुरमा बाग्लुङ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । त्यसैले उनलाई बागलुङ पठाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१ करोड ६ लाखको चेक बुझाएर रिहा भएका हुन तत्कालिन अध्यक्ष जंगम र कोषाध्यक्ष दाहाल
पुष १५, २०८१ सोमबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार
पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई
पुष १५, २०८१ सोमबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार
हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध, यात्रु सडकमै अलपत्र
पुष १५, २०८१ सोमबार