पूर्वमुख्यमन्त्री राईद्वारा प्रकाशलाई जग्गा प्रदान
नेपालबहस संवाददाता
असोज १३, २०८१ आइतबार १७:२५:२८
१३ असोज, भोजपुर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ‘हेर्ने कथा’का पात्र प्रकाश तामाङलाई जग्गा उपलब्ध गराएका छन् । उनले भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल गोरु र हाते ट्याक्टर उपलब्ध गराएको हो ।
प्रकाशले आफ्नै पुख्र्यौली गाउँमा कृषि पेसामा आबद्ध हुने इच्छा व्यक्त गरेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमुख्यमन्त्री राईले कृषि गर्न आवश्यक पर्ने जग्गासहित गोरु र हाते ट्र्याक्टर उपलब्ध गराएको बताए । उनले हजारौं युवा विदेश गइरहेको वर्तमान अवस्थामा प्रकाशले आफ्नै ठाउँमा खेतीकिसानी गर्ने इच्छा गरेकाले आवश्यक सहयोग गरेको उल्लेख गरे ।
पूर्वमुख्यमन्त्री राईले प्रकाशलाई गाउँमा एक उदाहरणीय कृषक बनेर काम गर्नसमेत आग्रह गरे । प्रकाशलाई उनले एक महिना अघि रु एक लाख नगद पनि सहयोग गरेको थियो ।
पूर्वमुख्यमन्त्री राई पत्नी जाङ्मु इन शेर्पाको पहलमा प्रकाशलाई मालपोत कार्यालय भोजपुरमा उक्त जमिन लिखित पास गरिएको छ । राई पत्नी शेर्पाका नाममा रहेको जग्गा प्रकाशका नाममा पास गरिदिएपछि आज एक कार्यक्रमकाबीच लालपुर्जा हस्तान्तरण गरेको हो ।
जग्गाको लालपुर्जासँगै कृषि सामग्री पाएपछि प्रकाशले राई दम्पतीले गर्नुभएको सहयोगले कृषिकर्ममा लाग्न थप हौसला मिलेको बताए । जग्गा प्रदान कार्यक्रममा षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदास, स्थानीय जनप्रतिनिधिसहित स्थानीयवासीको उपस्थिति थियो । परिवारको सम्पर्कबाट करिब ३५ वर्ष बाहिर रहेका तामाङ हेर्ने कथामार्फत सम्पर्कमा आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनख्खु खोलाबाट तीन जनाको उद्धार गर्ने चणिकलाललाई सुदन किराँतीले गरे सम्मान
असोज १३, २०८१ आइतबार
सोलुखुम्बुमा हिउँले अलपत्र परेका एक विदेशी र तीन नेपालीको उद्धार
असोज १३, २०८१ आइतबार
बाढी पहिरोले पुर्याएको क्षतिले पीडाबोध भयो : पूर्वराजा ज्ञानेन्द्र
असोज १३, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
अझै हल्का वर्षाको सम्भावना
असोज १३, २०८१ आइतबार
माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने
असोज १३, २०८१ आइतबार
सिधाकुराका सम्पादकसहित तीनै जनालाई कैद सजाय
असोज १३, २०८१ आइतबार
प्राकृतिक विपद्: ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा
असोज १३, २०८१ आइतबार