सिधाकुराका सम्पादकसहित तीनै जनालाई कैद सजाय
नेपालबहस संवाददाता
असोज १३, २०८१ आइतबार २०:८:२८
१३ असोज, काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ ।सर्वोच्च अदालतका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन(तीन महिना कैद सजाय सुनाएको हो ।
त्यस्तै सर्वोच्चले सिधाकुरा डट कमलाई ५ हजार जरिवाना सुनाएको छ । सर्वोच्चले सम्पादक ढुंगाना र प्रकाशक कंडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमायाचना तथा पुनस् त्यस्तो कार्य नदोहोराउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन महिनाको कैदबाट सात दिनको मात्र कैद सजाय हुने आदेश गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत इजलासले उक्त फैसला गरेको हो।
अख्तियारले गर्ने स्टिङ अपरेसनसम्बन्धी नियमावली खारेज गर्ने फैसला नै प्रभावमा परेर गरिएको दाबी गर्दै सिधा कुरा डटकमले ुडार्क फाइल्सु नामक शृंखलाबद्ध समाचार प्रसारण गरेको थियो । सिधाकुरा डटकमले ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ लगायतका शीर्षकमा समाचार लेखेको थियो ।
यसरी समाचार प्रसारण भएपछि झुट्टो भन्दै सर्वोच्चमा रिट परेको थियो। त्यस रिटमा सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सिनालाई प्रतिवादी बनाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार
तराईमा हुस्सु तथा कुहिरो, यातायात तथा हवाई यात्रामा सतर्कता अपनाउन आग्रह
मंसिर २८, २०८१ शुक्रबार