प्रधानमन्त्री ओली स्वदेश फर्किदै, अमेरिकाबाट कतार प्रस्थान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज १३, २०८१ आइतबार २१:३७:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/KP_Sharma_Oli_ioWQhfJ7Ne_q3RW40JEzl.jpg)
१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिएर स्वदेश फर्कने क्रममा अमेरिकाको बोष्टनबाट कतारको दोहा प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा भाग लिन असोज ४ गते अमेरिकाको न्युयोर्क तर्फ प्रस्थान गरेका थिए ।
अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले असोज १० मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेका थिए । त्यस्तै प्रधानमन्त्री ओली अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भएका थिए ।
न्युयोर्कमा रहँदा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ, चिनियाँ विदेशमन्त्री वाङ यीलगायत विभिन्न देशका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।
त्यस्तै प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू अमेरिका गएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रियसभा बैठक सुरु
फागुन ६, २०८१ मंगलबार
सोविता गौतम र सुमना श्रेष्ठलाई बोल्न नदिएकोबारे सभामुखको प्रष्टीकरणः स्टन्टबाजी भयो
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ
फागुन ६, २०८१ मंगलबार
त्रिविको वार्षिक क्यालेन्डर कार्यान्वयन गरिने, आवश्यक परे जनशक्ति थप्ने सहमति
फागुन ६, २०८१ मंगलबार
नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि २० प्रतिशत शेयर जारी गर्ने
फागुन ६, २०८१ मंगलबार
फागुन १० गतेदेखि आयोजना हुने स्वयम्भू महोत्सवको तयारी अन्तिम चरणमा
फागुन ६, २०८१ मंगलबार
बाह्रबिसे बजारका अग्निपीडितलाई आर्थिक सहयोग
फागुन ६, २०८१ मंगलबार
राष्ट्रियसभा बैठक सुरु
फागुन ६, २०८१ मंगलबार