ओमानमाथि नेपाल ३७ रनले विजयी
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार ६:४२:३९
१४ असोज, काठमाडौं । नेपालले ओमानमाथि जित हासिल गरेको छ । गएराति सम्पन्न जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो । नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको ओमान १९.१ ओभरमा अल आउट हुँदै १३९ रन मात्र बनाएपछि नेपाल ३७ रनले विजयी भएको हो ।
ओमानका लागि शोएब खानले सर्वाधिक ४५ रन बनाए भने राफिउल्ल्हले ३३ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर करण केसीले ३ विकेट लिएका थिए भने कुशल भुर्तेल र गुलशन झाले २-२ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएको थियो ।
नेपालका लागि गुलशन झाले सर्वाधिक ४० रन बनाए भने कुशल मल्लले ३०, अनिल शाह र आसिफ सेखले २७-२७, कुशल भुर्तेलले २० तथा दिपेन्द्र सिंह ऐरीले ५ बलमा १८ रन बनाएका थिए । यो नेपालको सिरिजमा दोस्रो खेलमा पहिलो जित हो । अब नेपालले यस सिरिजमा अर्को खेल मंगलबार क्यानडासँग र बुधबार ओमानसँग खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोटनह्यामसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार
असोज १४, २०८१ सोमबार
इङल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी
असोज १४, २०८१ सोमबार
एटलेटिकोसँग बराबरीमा रोकियो रियल म्याड्रिड
असोज १४, २०८१ सोमबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
असोज १४, २०८१ सोमबार
हनी सिंहको अभिनेत्री हीरा सोहलसँग अफ्येर्स
असोज १४, २०८१ सोमबार
टोटनह्यामसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार
असोज १४, २०८१ सोमबार
इङल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी
असोज १४, २०८१ सोमबार
एटलेटिकोसँग बराबरीमा रोकियो रियल म्याड्रिड
असोज १४, २०८१ सोमबार
बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ९२ को मृत्यु, ३० जना बेपत्ता
असोज १४, २०८१ सोमबार