एटलेटिकोसँग बराबरीमा रोकियो रियल म्याड्रिड
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार ८:२:२७
१४ असोज, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड एटलेटिको म्याड्रिडसँग बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा रियल म्याड्रिड र एटलेटिको म्याड्रिड १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलमा रियल म्याड्रिडका लागि खेलको ६४ औँ मिनेटमा इडर मिलिताओले गोल गरेका थिए । त्यस्तै एटलेटिको म्याड्रिडका लागि इन्जुरी समयपछि एंगल कोरियाले गोल गर्दै रियल म्याड्रिडको जित खोसेका थिए । यस खेलमा ९० मिनेटको इन्जुरी समयपछि एटलेटिकोका मार्कोस लियोरेन्टले रातो कार्ड पाएका थिए ।
यो बराबरीपछि रियल म्याड्रिडले बार्सिलोनासँगको दूरी घटाउने अवसर गुमाएको छ । यो खेलपछि रियल म्याड्रिडको ८ खेलमा १८ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोना २१ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी एटलेटिको म्याड्रिड १६ अंकसहित तेस्रो स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोटनह्यामसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार
असोज १४, २०८१ सोमबार
इङल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी
असोज १४, २०८१ सोमबार
ओमानमाथि नेपाल ३७ रनले विजयी
असोज १४, २०८१ सोमबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध
असोज १४, २०८१ सोमबार
चणिकलाल तामाङ महालक्ष्मी विकास बैंकद्धारा १ लाख नगदसहित सम्मान
असोज १४, २०८१ सोमबार
'मन बिनाको धन ठूलो कि धन बिनाको मन' बाट बिकले डेब्यु गर्दै
असोज १४, २०८१ सोमबार
भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध, जनजीवन प्रभावित
असोज १४, २०८१ सोमबार
काम गर्न नसकेको भन्दै धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा
असोज १४, २०८१ सोमबार
सिटिजन्स म्युचुअल फन्डका तीन योजनाको लाभांश घोषणा
असोज १४, २०८१ सोमबार