'मन बिनाको धन ठूलो कि धन बिनाको मन' बाट बिकले डेब्यु गर्दै
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १०:५०:२७
१४ असोज, काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले आफ्नो हिट गीत 'मन बिनाको धन ठूलो कि धन बिनाको मन' शीर्षकमा फिल्म बनाउने भएका छन् । बुढाथोकीले आइतबार चलचित्रको टाइटल चलचित्र विकास बोर्डमा दर्ता गरेका छन् ।
चलचित्र 'मन बिनाको धन ठूलो कि धन बिनाको मन' लाई टंक बुढाथोकी निर्माण तथा निर्देशन गर्दैछन् । लक्ष्मी गिरि कार्यकारी निर्माता रहने यस चलचित्रमा विनय अधिकारी सह निर्माता रहने छन् ।
सामाजिक कथामा बन्ने यस चलचित्रबाट बाल गायक अशोक दर्जी र एआर बुढाथोकीलाई डेब्यु गर्दैछन् । 'मन बिनाको धन ठूलो कि धन बिनाको मन' बाट नेपाली रजतपटमा नब नायक रमेश बिकको डेब्यु हुँदैछ । निर्देशक टंक बुढाथोकीले चलचित्रमा बिकलाई अनुबन्धित गरेको जानकारी दिए । टंककै कथा रहेको फिल्मको पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका छन्।
तिहार लगतै छायांकनमा जाने चलचित्र 'मन बिनाको धन ठूलो कि धन बिनाको मन' को नायिका लगायत अन्य कलाकारहरू केही दिनमा फाइनल गर्ने तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिड्नीमा गुञ्जिँए रामकृष्ण
असोज १३, २०८१ आइतबार
‘पूर्ण बहादुरको सारङ्गी’ को दोस्रो गीत सार्वजनिक
असोज १२, २०८१ शनिबार
दशैं आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो...
असोज ११, २०८१ शुक्रबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
काभ्रेको विभिन्न स्थानमा अलपत्र परेका २९४ जनाको सकुशल उद्धार
असोज १४, २०८१ सोमबार
चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु
असोज १४, २०८१ सोमबार
लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु
असोज १४, २०८१ सोमबार
पहिरोमा परी मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो
असोज १४, २०८१ सोमबार
नागडाँडाबाट देखिएको माछापुछ्रे हिमाल
असोज १४, २०८१ सोमबार
अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड
असोज १४, २०८१ सोमबार