ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १०:५६:१५
१४ असोज, ललितपुर । वर्षाजन्य विपद्का कारण ललितपुरमा काठमाडौं उपत्यका खानेपानी आयोजना (केयुकेएल)को खानेपानी अवरुद्ध भएको छ । हालैको अविरल वर्षाका कारण फर्पिङ हेण्ड पोष्टदेखि फर्पिङ पम्प हाउससम्म आउने पेनस्टक पाइप र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइप लाइनमा क्षति पुग्न गएकाले खानेपानी सेवा अवरुद्ध भएको केयुकेएल ललितपुर शाखा प्रमुख लीला भट्टले जानकारी गराए ।
“नल्लुबाट पानी आउने पाइप लाइन र इन्टेक पूरै क्षति भएको छ, त्यहाँको स्थलगत निरीक्षण नै हुनसकेको छैन, फर्पिङडाँडा नै पहिरो गएको हुनाले पाइप बाङ्गिएको छ, कतिपय ठाउँमा फुटेको पनि छ, यसलाई पुनःस्थापित गर्न अलि समय लाग्छ”, उनले भने ।
पहिरोले सडकको क्षति भएको हुँदा मुहानसम्म पुगेर स्थलगत निरीक्षण गर्न समस्या भइरहेको उनले बताए । यसबाट करिब ७० प्रतिशत घरमा खानेपानी सेवा प्रभावित हुने उनले जानकारी दिए। स्थलगत निरीक्षणबाट विपद्मा भएको क्षतिको मूल्याङ्कन भएपछि सेवा पुनःस्थापित गर्नका लागि १० दिन जति लाग्ने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित
असोज १४, २०८१ सोमबार
विद्युत् खम्बामा क्षति हुँदा एक हजार बढी घरधुरी अन्धकारमा
असोज १४, २०८१ सोमबार
रुख ढल्दा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध
असोज १४, २०८१ सोमबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु
असोज १४, २०८१ सोमबार
पहिरोमा परी मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो
असोज १४, २०८१ सोमबार
नागडाँडाबाट देखिएको माछापुछ्रे हिमाल
असोज १४, २०८१ सोमबार
अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड
असोज १४, २०८१ सोमबार
खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद
असोज १४, २०८१ सोमबार
विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित
असोज १४, २०८१ सोमबार