रुख ढल्दा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १०:५९:४
१४ असोज, सिरहा । लहान नगरपालिका–२ मिलनचोकमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । लहान–२ मिलनचोकको भवरा नहरको किनारमा रहेको वरको रुख ढल्दा विद्युत्को तारमा क्षति पुगेको थियो । यसबाट करिब २० घरपरिवारमा प्रभावित भएका छन् ।
गत शनिबार वर्षा भइरहेको समयमा रुख दिनेश यादव र श्यामलाल यादवको घरमा ढलेपछि उनीहरुको परिवार विचल्लीमा परेका छन् । रुख हटाएर विद्युत् सेवा सञ्चालन गर्न पहल भइरहेको लहान–२ का वडाध्यक्ष सियाराम यादवले बताए । उनले भने, “वन कार्याललसँग समन्वय गरी रुख हटाउने प्रयास गरिएको छ । सम्भवत आज वन कार्यालयको प्राविधिक टोलीले रुख हटाउने छ । रुख हटाएपछि विद्युत् प्राधिकरण लहान वितरण केन्द्रमा सेवा सञ्चालनका लागि अनुरोध गर्छौँ ।”
डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले रुख हटाउने तयारी गरिएको जानकारी दिनुभयो । रुख हटाउन ढिला हुँदा पुनः ढल्ने सम्भावना भएकाले घरभित्र बस्न समस्या भएको पीडित श्यामलालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित
असोज १४, २०८१ सोमबार
विद्युत् खम्बामा क्षति हुँदा एक हजार बढी घरधुरी अन्धकारमा
असोज १४, २०८१ सोमबार
ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध
असोज १४, २०८१ सोमबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित
असोज १४, २०८१ सोमबार
धादिङका एसपी केसी पनि तानिए
असोज १४, २०८१ सोमबार
काभ्रेको विभिन्न स्थानमा अलपत्र परेका २९४ जनाको सकुशल उद्धार
असोज १४, २०८१ सोमबार
चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु
असोज १४, २०८१ सोमबार