प्रधानन्यायाधीश र राजदूतमा सिफारिस भएकाविरुद्ध परेका उजुरी आज खोलिने
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार ११:१८:४३
१४ असोज, काठमाडौं । संसदीय सुनुवाइ समितिले आज सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउत र दुई जना प्रस्तावित राजदूत विरुद्ध आएको उजुरीमाथि छलफल गर्ने भएको छ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूतका गरी समितिमा ८ उजुरी परको बताइएको छ ।
गएको भदौ ३१ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो । असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेकोमा तोकिएको १० दिनभित्र राउतविरुद्ध ६ वटा उजुरी प्राप्त भएका छन् ।
असोज ३ को समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतसँगै बेल्जियम र अस्ट्रेलियाका लागि राजदूत सिफारिस सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध पनि उजुरी माग गरेको थियो । उजुरी खोल्न र छलफल गर्न समितिको बैठक सोमबार दिउँसो १ बजे बोलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
माटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार