अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार ११:३२:३१
१४ असोज, काठमाडौं । बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरिएको छ ।
भारतको केन्द्रीय सूचना र प्रसारण मन्त्रालयले अभिनेता मिथुनलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरेको हो । दादा साहेब फाल्के चयन निर्णायक मण्डलले अभिनेता मिथुन चक्रवर्तीलाई भारतीय सिनेमामा उनको महत्वपूर्ण योगदानको लागि यो सम्मान दिने घोषणा गरेको छ ।
मिथुन चक्रवर्तीलाई अक्टोबर ८ मा हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यो सम्मान प्रदान गरिने छ ।मिथुन चक्रवर्ती हालैका वर्षहरूमा भाजपाबाट राजनीति गरिरहेका छन् । यो पुरस्कार भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्केको नाममा दिइन्छ ।
दादासाहेब फाल्केको पूरा नाम धुण्डिराज गोविन्द फाल्के थियो । मिथुनले बलिउडमा ३५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् भने तीन नेशनल अवार्ड समेत जितेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म भूल भुलैया-३ को सस्पेन्सले भरिएको पोष्टर सार्वजनिक
असोज ९, २०८१ बुधबार
भारतबाट 'लापत्ता लेडिज' ओस्कारमा
असोज ७, २०८१ सोमबार
स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म
असोज ७, २०८१ सोमबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
'पूर्ण बहादुरको सारङ्गी' ले भिडियो प्रतियोगिता गर्दै, विजेताले ५० हजार पाउने
असोज १४, २०८१ सोमबार
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट
असोज १४, २०८१ सोमबार
महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात
असोज १४, २०८१ सोमबार
भारतविरुद्ध बंगलादेश २३३ रनमा अल आउट
असोज १४, २०८१ सोमबार
वर्षाले विपदमा परेकाहरुको राहत तथा पुन: स्थापनाका लागि मधेश सरकारले छुट्यायो ८ करोड
असोज १४, २०८१ सोमबार
जुम्लामा आज सार्वजनिक बिदा
असोज १४, २०८१ सोमबार