विपदको कहरः मन्त्रीलाई समेत गुमरामा पारेर वायुसेवा कम्पनीहरुले यसरी गरिरहेका छन टिकटमा ब्रहलुट
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १२:४०:११
१४ असोज, काठमाडौं । वायुसेवा संचालक संघले अधिकतम मूल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्याएको छ । आइतबार संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको अधिकतम मूल्य (अपर लिमिट) को भाडा दरमा टिकट नबेच्ने निर्णय गरेको थियो ।
अहिले सडक सञ्जाल अवरुद्ध रहेको समयमा दुईदेखि तीन दिनसम्मको टिकट अग्रिम बुकिङ भइसकेको अवस्थामा संघले तीन दिन अधिकतम मूल्यमा टिकट नबेच्ने भन्दै झुक्याएको हो । अहिले उपलब्ध अनलाइन र विमान कम्पनीका वेभसाइटहरुमा पनि १६ गतेसम्मका कुनै पनि टिकट उपलब्ध रहेको छैन ।
वायुसेवा कम्पनी यति एयरलाइन्सको वेबसाइटमा असोज १६ गते काठमाडौंदेखि भैरहवाको भाडा दर ८ हजार ५५५ देखाएको छ । जबकी यसअघि सामान्य अवस्थामा यतिले यही रुटमा ५ हजार २ सयमा टिकट बेचिरहेको थियो । त्यस्तै इसेवामार्फत हेर्दा १७ गतेका लागि ६ हजार २२२ टिकट दर देखाएको छ ।
संकटको अवस्थामा साथै चाडपर्वको अवसरमा वायुसेवा कम्पनीले भाडामा मनोमानी गर्ने गरेको पहिलो पटक भने होइन । हरेक बर्ष चाडपर्वमा हवाई भाडा दर आकासिने गरेको पाइन्छ । तर सरकार र नियमन निकाय भने अहिलेसम्म एक्सनमा आएको पाइँदैन ।
संघले आइतबार भनेको थियो– संघमा आबद्ध सबै वायुसेवा कम्पनीहरूले यस विपद्को घडीलाई मध्यनजर गर्दै मिति २०८१ असोज १४ गते सोमबारदेखि मिति २०८१ असोज १६ गते बुधबारका दिनसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको अपर लिमिटको भाडा दरमा टिकट नवेच्ने निर्णय गरियो ।’
पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले पनि सचिवालय मार्फत मन्त्रीको पहलमा वायुसेवा कम्पनीले टिकटको मूल्य घटाएको बताएका थिए । आम यात्रुले १६ गतेसम्म टिकट नै नपाएको अवस्थाको आकलन मन्त्री स्वयंले गर्न सकेको देखिएको छैन । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेको विशेष पहलमा वायु सेवा कम्पनीहरूले केही दिनका लागि अधिकतम भाडा दरमा टिकट नबेच्ने निर्णय गरेका थिए ।
मन्त्रालयको पहलमा नागरिक उड्डयन प्राधिकरणसँग आज बसेको बैठकपछि हवाई कम्पनीहरूको संस्था वायुसेवा सञ्चालक संघ नेपालले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम भाडा दरमा केही दिनका टिकट नबेच्ने निर्णय गरेका हुन । देशमा हालै भएको बाढी पहिरोको विपतका कारण उत्पन्न समस्यालाई मध्यनजर गरी सोमबारदेखि बुधबारसम्मका लागि अधिकतम दरमा टिकट नबेच्ने निर्णय गरेको जनाएको छ । तर, त्यो समयका सबै टिकट महंगोमा बिक्री भइसकेका छन् ।
विपदका बेला राजमार्गहरु बन्द भएको र यात्रुहरू अफ्ठयाराे परेका समयमा सरकारले तोकेको अधिकतम दरमा टिकट विक्री गर्दा सर्वसाधारणलाई समस्या भएको व्यापक गुनासोपछि मन्त्रालयले भाडा घटाउन पहल गरेको थियो । मन्त्री र मन्त्रालयलाई गुमराहमा पारेर वायुसेवा कम्पनीहरूले टिकटमा लुट मच्चाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार