थुनामा रहेका जोशीको रिहाई माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता, आजै सुनुवाइ
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १३:१९:३२
१४ असोज, काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ ।
अधिवक्ता रोचक जोशीले आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका हुन् । सो निवेदनमाथि आज सुनुवाइ हुँदैछ । सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ ।
सहकारी ठगीमा पक्राउ परेका गोरखा मिडियाका संचालकसमेत रहेका जोशीलाई जिल्ला अदालतले पहिलोपटक ५ दिन र दोस्रो पटक ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्याय परिषदद्वारा उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा
असोज ११, २०८१ शुक्रबार
बाहिर नेपाल बारको धर्ना, भित्रबाट पाण्डे र निरौलालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस
असोज ११, २०८१ शुक्रबार
चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो
असोज १४, २०८१ सोमबार
नवलपरासीको दाउन्नेमा सडक भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
असोज १४, २०८१ सोमबार
प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार
असोज १४, २०८१ सोमबार
एभरेष्ट महिला भलिबल लिगमा ललितपुरको विजयी सुरुवात
असोज १४, २०८१ सोमबार
दुर्गा प्रसाईविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
असोज १४, २०८१ सोमबार
राहत उपलब्ध गराउनका लागि समन्वय र सहजीकरण गर्न ८ जिल्लामा कार्यदल गठन
असोज १४, २०८१ सोमबार