जुगलको तेगा पहिरोमा परेका सातजना अझै बेपत्ता, खोजी कार्य जारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १३:३५:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/pahito_cdcCgIqarU_3X88MrAfLK.jpg)
१४ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को तेगागाउँमा शनिबार गएको पहिरोमा परेका सातजना अझै बेपत्ता छन् ।
शुक्रबार तेम्बाथाङबाट गाउँ हिँडेका सातै जना सम्पर्कविहीन भएको वडाध्यक्ष लक्ष्मण लामा दोङले जानकारी दिए । उनका अनुसार पहिरोमा स्थानीय मिङ्मार रिन्जेन शेर्पा, लाक्पा शेर्पा र पेम्बा शेर्पाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । पहिरोले घर पुरिएकासहित गरी स्थानीय शाङ्मो शेर्पा, ढेन्डु शेर्पा, साडलो शेर्पा, ढोमा शेर्पा सम्पर्कमा छैनन् ।
वडाध्यक्षका अनुसार स्थानीयले हेर्दा तेम्बाथाङ अगाडि र तेगा नजिकै पनि पहिरो गएको देखिएको जानकारी प्राप्त भएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले हेलिकप्टरमार्फत उक्त स्थान निरीक्षण गरेको छ । तेगा पहिरोपीडितका लागि सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज देशभरको मौसम सफा रहने, हिमाली भागमा हल्का हिमपात हुने
माघ १७, २०८१ बिहिबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा
फागुन ५, २०८१ सोमबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार