महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १३:५४:५५
१४ असोज, बैतडी । महाकाली नदीमा लडेर बेपत्ता भएका मजदुर चार दिनसम्म पनि फेला पर्न सकेका छैनन् । शुक्रबार जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी भारतको पिथौरागढबाट मजदुरी गरेर घर फर्किरहेका बेला नेपाल–भारत सीमा नजिक दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित बसपार्क नजिकैबाट महाकालीमा लडेर बेपत्ता भएको थियो ।
शुक्रबार बिहान ११ बजेतिर जिप चढ्ने तयारी गरिरहेका अमर एक्कासि चिप्लिएर महाकाली नदीमा खस्नुभएको हो । बेपत्ता अमरको खोजीका लागि महाकाली किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।
बेपत्ता अमरको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल महाकाली किनार क्षेत्रमा परिचालन गरिएको छ । साथै खोजीका लागि भारतीय सुरक्षाकर्मीलाई पनि आग्रह गरिएको छ । लगातारको वर्षाले महाकालीको बहाव बढ्नाका साथै पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको प्रवक्ता ढुङ्गानाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमुख्यमन्त्री राईद्वारा प्रकाशलाई जग्गा प्रदान
असोज १३, २०८१ आइतबार
नख्खु खोलाबाट तीन जनाको उद्धार गर्ने चणिकलाललाई सुदन किराँतीले गरे सम्मान
असोज १३, २०८१ आइतबार
सोलुखुम्बुमा हिउँले अलपत्र परेका एक विदेशी र तीन नेपालीको उद्धार
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
पहरोमा परी ज्यान गुमाएका ६ युवा खेलाडीको पशुपतिमा अन्तिम संस्कार [ फोटो फिचर ]
असोज १४, २०८१ सोमबार
ग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
झरीपछि शेयरबजारले समात्यो लय, ४४ अंकले बढेर २५०० विन्दुबाट उक्लियो नेप्से
असोज १४, २०८१ सोमबार
सर्लाहीको बलरामा पानीमा डुबेको अवस्थामा बालकको शव भेटियो
असोज १४, २०८१ सोमबार
सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध संसदीय समितिले माग्यो उजुरी
असोज १४, २०८१ सोमबार
रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजारभन्दा बढी विस्थापित
असोज १४, २०८१ सोमबार