छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १४:६:३४
१४ असोज, बाँके । बाँकेमा द्वन्द्वकालमा विस्थापित भएका छोटी भन्सार हालसम्म पनि पुनःस्थापना नहुँदा राजस्व चुहावट हुने गरेको छ । नरैनापुर, डुडुवा र जानकी गाउँपालिकासँग सीमा जोडिएका भारतीय नाकामा अवस्थित सात छोटी भन्सार कार्यालय बन्द भएपछि सहजै चोरी–पैठारी हुने गरेको छ । आफ्नै भवन रहेका नरैनापुर, खडैचा र साइगाउँ छोटी भन्सारका भवनसमेत भत्किएर भग्नावशेष अवस्थामा पुगेका छन् ।
सीमावर्ती भारतीय बजार अलिगवासँग जोडिएको कटकुइँयाको सुइया बघौडा, कालाफाँटासँग जोडिएको नरैनापुर, जमुनाहसँग जोडिएको भगवानपुर, पिप्रहवासँग जोडिएको होलियाको खडैचा, निमियासँग जोडिएको हिरमिनियाको भङ्घोटन र रंजितवा बजारसँग जोडिएको साइगाउँ तथा उढरापुर गरी सात छोटी भन्सार रहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्ज भन्सार कार्यालयबाट दूरीका हिसाबले ६० किलोमिटर टाढा सुइया बघौडा, नरैनापुर ५० किलोमिटर, भगवानपुर ४० किलोमिटर, खडैचा ४० किलोमिटर, भङ्घोटना चार किलोमिटर, साइगाउँ तीन किलोमिटर र पश्चिम साइगाउँमा रहेको उढरापुर छोटी भन्सार कार्यालय पाँच किलोमिटर दूरीमा पर्दछन् ।
छोटी भन्सार कार्यालय नभएपछि सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले चोरी–पैठारी नियन्त्रणको काम गर्दै आएको छ । छोटी भन्सार सञ्चालन नभएको अवस्थामा पनि नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा करिब रु तीन अर्ब राजस्व असुली गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउन र भदौमा रु दुई अर्ब ९९ करोड ४३ लाख ५४ हजार राजस्व असुली भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी लम्सालले बताए । भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु एक अर्ब ५० करोड ३० लाख ३४ हजार र भदौमा रु एक अर्ब ४९ करोड पाँच लाख २० हजार राजस्व असुली गरेको हो ।
नेपालगञ्ज भन्सारलाई हरेक महिनामा रु दुई अर्बभन्दा बढी राजस्व असुली गर्ने लक्ष्य दिए पनि गत दुई महिनाको तथ्याङ्कअनुसार हरेक महिनामा लक्ष्यभन्दा करिब ३० देखि ३५ प्रतिशत कम मात्र राजस्व असुली भएको सूचना अधिकारी लम्सालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
असोज ११, २०८१ शुक्रबार
वीरगन्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात
असोज १०, २०८१ बिहिबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
झरीपछि शेयरबजारले समात्यो लय, ४४ अंकले बढेर २५०० विन्दुबाट उक्लियो नेप्से
असोज १४, २०८१ सोमबार
सर्लाहीको बलरामा पानीमा डुबेको अवस्थामा बालकको शव भेटियो
असोज १४, २०८१ सोमबार
सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध संसदीय समितिले माग्यो उजुरी
असोज १४, २०८१ सोमबार
रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजारभन्दा बढी विस्थापित
असोज १४, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ
असोज १४, २०८१ सोमबार
एनआरएनएले बाढी पीडितलाई एक करोड सहयोग गर्ने
असोज १४, २०८१ सोमबार