रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजारभन्दा बढी विस्थापित
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १५:११:११
१४ असोज, पर्सा । अविरल वर्षासँगै गएको बाढीले रौतहतमा दुई जनाको मृत्यु भएको छ भने डुबानका कारण पाँच हजार ५०० भन्दा बढी विस्थापित भएका छन् ।
प्रहरीकानुसार बाढी तथा डुबानका कारण सोमबारसम्म दुई जनाको मृत्यु भएको हो । दुर्गाभवानी गाउँपालिका– ४ पचरुखी बस्ने ४५ वर्षीय राजकुमार मुखियाको माछा मार्ने क्रममा बाढीमा डुबेर मृत्यु भएको हो । यस्तै, परोह नगरपालिका–७ नरकटियामा घाँस काट्ने क्रममा १४ वर्षीया बालिका आशाकुमारी साहको पनि डुबेर मृत्यु भएको छ । बाढीमा परेर छ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक रामकुमार महतोले अविरल वर्षासँगै गएको बाढीले जिल्लामा एक हजार आठ सय १० घरधुरीमा बसोबास गर्ने पाँच हजार ५९५ जना विस्थापित भएको जानकारी दिए । ‘‘बाढीका कारण १३ घर भत्केको विवरण आइसकेको छ । एक हजार दुई सय ४५ घर डुबानमा परेका जानकारी छ”, उनले भने, “ जिल्लाका सात ठाउँको सडक अवरुद्ध भएकोमा अहिलेसम्म तीन ठाउँमा सडक सञ्चालनमा आएको छ । यहाँका आठ वटा प्रहरी चौकी विस्थापित भएका छन् ।”
विस्थापित हुने प्रहरी चौकीमा बेलबिछुवा, बसतपुर, बर्डवा, भन्सार सुरक्षा, कासुगार्ड, अस्थायी ट्राफिक पोष्ट गौर, इलाका प्रहरी कार्यालय बञ्जारा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढी-पहिरोबाट मृत्यु हुनेको संख्या २०० पुग्यो, २६ जना अझै बेपत्ता
असोज १४, २०८१ सोमबार
वर्षाले विपदमा परेकाहरुको राहत तथा पुन: स्थापनाका लागि मधेश सरकारले छुट्यायो ८ करोड
असोज १४, २०८१ सोमबार
अमेरिकाबाट नेपाल आइपुगे प्रधानमन्त्री ओली
असोज १४, २०८१ सोमबार
वैकल्पिक बाटो देखाउँदै प्रहरी
असोज १४, २०८१ सोमबार
बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति
असोज १४, २०८१ सोमबार
अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै
असोज १४, २०८१ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता [ फोटो फिचर ]
असोज १४, २०८१ सोमबार