झरीपछि शेयरबजारले समात्यो लय, ४४ अंकले बढेर २५०० विन्दुबाट उक्लियो नेप्से
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १५:२६:५३
१४ असोज, काठमाडौं । सोमबार शेयरबजारमा सुधार आएको छ । आज नेप्से ४४.४५ अंकले बढेर २५०८.८६ विन्दुमा उक्लिएको छ । आज ३१९ कम्पनका ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ को खरिद बिक्री भएका छन् ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४४.४५ अंक बढेसँगै २५०८ मा कायम भएको हो । परिसूचक बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७१ करोडको भयो ।
आज २१० कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने एउटाको स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै क्षेत्रका सूचक बढे । बैंकिङ १.१८, विकास बैंक १.९३, फाइनान्स ४.१९, होटल तथा पर्यटन ३.२८, हाइड्रोपावर १.२२, लगानी २.४५, जीवन बीमा १.७८, उत्पादन ३.८३, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा ०.७१, अन्य २.३७ तथा व्यापार समूह १.५२ प्रतिशत बढे ।
यस दिन मूल्य धेरै बढेका १० कम्पनीमा ४ वटा सिमेन्ट कम्पनी रहे । अर्थात् सूचीकृत चार वटै सिमेन्ट कम्पनी मूल्य उच्च दरमा बढेका टप १० कम्पनीमा परे । सीईडीबी हाइड्रोपावरको १०, युनाइटेड मोदी हाइड्रोको ९.५, सर्वोत्तम सिमेन्टको ९.४, सोनापुर सिमेन्टको ९.१, शिवम् सिमेन्टको ७.९, माहुली लघुवित्तको ७.३, हाथवे इन्भेस्टमेन्टको ७.१, घोराही सिमेन्टको ६.८ प्रतिशत मूल्य बढ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से १६.५८ अंकले बढ्यो
पुष २८, २०८१ आइतबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
४० प्लस उमेरमा कसरी जवान देखिने ? अपनाउनुहोस् यी उपाय
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
युक्रेन युद्धमा ३ सय उत्तर कोरियाली सैनिक मारिएको दक्षिण कोरियाको दावी
माघ १, २०८१ मंगलबार
कस्तो छ आज तरकारी र फलफूलको भाउ ?
माघ १, २०८१ मंगलबार
आज जैविक विविधता दिवस मनाइँदै
माघ १, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले दिए मकर सङ्क्रान्तिको शुभकामना
माघ १, २०८१ मंगलबार