ग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १५:३०:३५
१४ असोज, काठमाडौं । फ्रान्सका अट्याकिङ मिडफिल्डर एन्टोनी ग्रीजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
सामाजिक सञ्जालमा सोमबार एक पोष्ट गर्दै ३३ बर्षिय ग्रीजम्यानले सन्यासको घोषणा गरेका हुन् । सन्यास घोषणा गर्दै उनले भनेका छन्- 'यो सम्झनाले भरिएको हृदयले मेरो जीवनको यो अध्याय बन्द गर्दैछु ।'
हाल स्पेनिस क्लब एटलेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका ग्रीजम्यान २०१४ मा फ्रान्सका लागि डेभ्यु गरेका थिए । उनले फ्रान्सका लागि अहिलेसम्म १३७ खेल खेल्दै ४४ गोल गरेका छन् ।
फ्रान्सको यू-१९ टिम हुँदै राष्ट्रिय टिममा खेलेका ग्रीजम्यान फ्रान्सलाई २०१८ को विश्वकप जिताउने टिमका महत्वपूर्ण सदस्य थिए । साथै २०२२ को विश्वकपमा उपविजेता हुँदा पनि उनी टिममा थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
एएफसी यू-२० : नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल
असोज ११, २०८१ शुक्रबार
अमेरिकाबाट नेपाल आइपुगे प्रधानमन्त्री ओली
असोज १४, २०८१ सोमबार
वैकल्पिक बाटो देखाउँदै प्रहरी
असोज १४, २०८१ सोमबार
बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति
असोज १४, २०८१ सोमबार
अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै
असोज १४, २०८१ सोमबार