जापानमा अक्टोबरमा चुनाव हुने
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १६:१२:५८
१४ असोज, काठमाडौं । जापानका नवनिर्वाचित प्रधानमन्त्री शिगेरु इसिबाले आगामी अक्टोबर २७ मा देशमा आम निर्वाचन गर्ने घोषणा गरेका छन् । आफूले प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने तयारीमा रहेका इसिबाले अक्टोबर २७ मा आम निर्वाचनको घोषणा गरेका हुन् ।
जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्ष पदका लागि हालै भएको निर्वाचनमा शिगेरु इसिबा विजयी भएका थिए । जापानमा सत्तारुढ दलको अध्यक्ष देशको प्रधानमन्त्री बन्छ । वर्तमान प्रधानमन्त्री फुमियो किशिदाको स्थानमा शिगेरु इसिबा मंगलबार जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।
शिगेरु इसिबाले अक्टोबर १ बाट संसदको अधिवेशन सुरु भएपछि प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् । संसदको दुवै सदनमा एलडीपीको बहुमत छ । यस्तो अवस्थामा पार्टी अध्यक्षमा निर्वाचित इशिबाको कार्यकाल २०२५ जुलाईसम्मको थियो र त्यसपछि देशमा आम निर्वाचन हुने भनिए पनि अब सिगेरु इसिबाले निर्वाचन घोषणा गर्ने स्पष्ट पारेका छन् ।
जापानको सत्तारुढ दल एलडीपीको लोकप्रियता पछिल्लो समय घटेको छ । पार्टीको नाम धेरै विवादमा जोडिएको छ । विवादका कारण वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले पदबाट राजीनामा दिनुपरेको थियो ।
यस्तो अवस्थामा नयाँ प्रधानमन्त्री इसिबा आफ्नो विद्यमान लोकप्रियतालाई कायम राख्न र पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले समयमै निर्वाचन गराउने पक्षमा छन् । मिडिया रिपोर्टका अनुसार इशिबाले अक्टोबर ९ मा संसद विघटन गर्न सक्नेछन् र त्यसपछि उनले प्रचारका लागि १२ दिन मात्र पाउनेछन् । माथिल्लो सदनको कार्यकाल तोकिएको समयसीमा अर्थात् जुलाई २०२५ सम्म जारी रहनेछ ।
जापानको आम चुनावमा सत्तारुढ एलडीपीले जापानको संविधान लोकतान्त्रिक पार्टीको सामना गर्नेछ । साथै, कन्जरभेटिभ जापान इनोभेसन पार्टी पनि प्रमुख प्रतिद्वन्द्वी हो । संसदको ४६५ सिटमध्ये एलडिपी सांसदको संख्या २५८ छ र यो पार्टी २०१२ देखि सत्तामा छ । संवैधानिक लोकतान्त्रिक पार्टीका सांसद संख्या ९९ रहेको छ । जबकि कन्जरभेटिभ जापान पार्टीका सांसद संख्या ४५ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु
असोज १४, २०८१ सोमबार
पाकिस्तानले भन्यो: ‘नेपाललाई सघाउन तत्पर छौं’
असोज १४, २०८१ सोमबार
इजरायलमा विपक्षी दलका नेता पनि सरकारमा सामेल
असोज १४, २०८१ सोमबार
अमेरिकाबाट नेपाल आइपुगे प्रधानमन्त्री ओली
असोज १४, २०८१ सोमबार
वैकल्पिक बाटो देखाउँदै प्रहरी
असोज १४, २०८१ सोमबार
बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति
असोज १४, २०८१ सोमबार
अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै
असोज १४, २०८१ सोमबार