बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १६:५७:५५
१४ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण रु तीन करोड बराबरको क्षति भएको छ ।
पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ । बजारमा करिब पाँच सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल रेशव जोशीले जानकारी दिए । अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ । बजारमा अझै हिलो पन्छ्याउने कार्य जारी छ ।
चार वर्षदेखि यहाँ थोक पसल चलाइरहनुभएका गोपाल कटुवालले दसैँका लागि रु २० लाखको सामान राखेकामा बाढीले सबै नष्ट गरेको बताए । बचेको केही सामान जम्मा गरेर हिलो पखालिरहेको उनले सुनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैँलाई लक्षित गर्दै भेटायोले ल्यायो झन्झट रहित चाडपर्वका अफरहरू
असोज १३, २०८१ आइतबार
सुपथ मूल्य बिक्री कक्षमा नेपाली जुत्ताप्रति उपभोक्ताको आकर्षण
असोज १३, २०८१ आइतबार
पोखरा महानगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन गर्दै
असोज १०, २०८१ बिहिबार
विपद प्रभावितहरुको उद्धार, राहत र स्वास्थ्योपचारमा जुट्न आयोगको आग्रह
असोज १४, २०८१ सोमबार
जलनको उपचार निःशुल्क बनाउने स्वास्थ्य मन्त्रालयको तयारी
असोज १४, २०८१ सोमबार
अमेरिकाबाट नेपाल आइपुगे प्रधानमन्त्री ओली
असोज १४, २०८१ सोमबार
वैकल्पिक बाटो देखाउँदै प्रहरी
असोज १४, २०८१ सोमबार