अमेरिकाबाट नेपाल आइपुगे प्रधानमन्त्री ओली
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १७:१४:०
१४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा भाग लिन असोज ४ गते अमेरिकाको न्युयोर्क तर्फ प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री ओली स्वदेश फर्के लगत्तै आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्राकृतिक विपत्तिमा ज्यान गुमाएका परिवार, घाइते र विस्थापितहरुलाई राहत तथा पुनःस्थापनाको विषयमा छलफल गर्न बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ ।
अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले असोज १० मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए । त्यस्तै प्रधानमन्त्री ओली अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भएका थिए ।
न्युयोर्कमा रहँदा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ, चिनियाँ विदेशमन्त्री वाङ यीलगायत विभिन्न देशका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।
त्यस्तै प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू अमेरिका गएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहत उपलब्ध गराउनका लागि समन्वय र सहजीकरण गर्न ८ जिल्लामा कार्यदल गठन
असोज १४, २०८१ सोमबार
सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध संसदीय समितिले माग्यो उजुरी
असोज १४, २०८१ सोमबार
प्रधानन्यायाधीश र राजदूतमा सिफारिस भएकाविरुद्ध परेका उजुरी आज खोलिने
असोज १४, २०८१ सोमबार
राहत उपलब्ध गराउनका लागि समन्वय र सहजीकरण गर्न ८ जिल्लामा कार्यदल गठन
असोज १४, २०८१ सोमबार
विपद प्रभावितहरुको उद्धार, राहत र स्वास्थ्योपचारमा जुट्न आयोगको आग्रह
असोज १४, २०८१ सोमबार
जलनको उपचार निःशुल्क बनाउने स्वास्थ्य मन्त्रालयको तयारी
असोज १४, २०८१ सोमबार
अमेरिकाबाट नेपाल आइपुगे प्रधानमन्त्री ओली
असोज १४, २०८१ सोमबार