खराब व्यवस्थापनले प्रधानमन्त्री फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त, उडान प्रभावित
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १७:४७:१
१४ असोज, काठमाडौं । व्यवस्थापकीय कमजोरीका कारण प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अमेरिका भ्रमण सकेर फर्किएको समयमा विमानस्थल अस्तव्यस्त देखिएको छ । आधा घण्टा नियमित उडान पूर्णरूपमा प्रभावित भए । व्यवस्थापन सही नहुँदा विमानस्थलको उडान व्यवस्थापन भद्रगोल हुनपुग्यो ।
विमानस्थल प्रशासनले सोमबार दिउँसो ३ः५५ बाट आघा घण्टाका लागि ‘भीभीआईपी मुभमेन्ट’ भन्दै नोटिस जारी भएको थियो । नोटिस जारी भएको समयमा आन्तरिक विमानस्थलमा रहेका जहाज र अन्तर्राष्ट्रिय जहाजलाई उड्न दिइएको थिएन अवतरण गर्न आइरहेका जहाजलाई होल्ड गराइएको थियो ।
प्रधानमन्त्री चढेको जहाज अवतरण गरेपछि भने उडान सामान्य भएका थिए । बिहानैबाट त्रिभुवन विमानस्थलमा उडान व्यवस्थापनमा चाप भएको थियो । जसले गर्दा निर्धारित उडानहरू नै एक घण्टासम्म डिले भइरहेको अवस्थामा प्रधानमन्त्री आउँदा उडान थप प्रभावित भए ।
यसैबीच राष्ट्रसंघीय महासभाबाट १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विपद्ले गराएको क्षतिबारे दुखः व्यक्त गरेका छन् । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीले रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताए । उनले भने, ‘काठमाडौंमा यति डुबान होला भन्ने कल्पना थिएन ।’
ओलीले सञ्चारकर्मीसँग बोले लगत्तै जारी प्रेस वक्तव्यमा विपद्का मृतकप्रति श्रद्धान्जली व्यक्त गरिएको छ । उनले घाइतेको स्वास्थ्यलाभ कामना गरेका छन् । ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेको भन्दै धैर्य गर्न आग्रह पनि गरेका छन् । उनले सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए ।
विपद्का बेला प्रधानमन्त्रीले आवश्यकभन्दा लामो भ्रमण गरेको भन्दै आलोचना भइरहेका बेला ओली पूर्वनिर्धारित भ्रमण तालिका अनुसार नै स्वदेश फर्केका हुन् । वक्तव्यमा ओलीले १० दिने भ्रमण क्रममा गरेका भेटवार्ता र तिनको उपलब्धिबारे चर्चा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
असोज २८, २०८१ सोमबार
मनकामना केबलकार तीन दिन बन्द हुने
असोज २८, २०८१ सोमबार
एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण
असोज २८, २०८१ सोमबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
असोज २८, २०८१ सोमबार
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिए
असोज २८, २०८१ सोमबार
पौडी खेल्ने क्रममा बेपता बालिका मृत फेला
असोज २८, २०८१ सोमबार
सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
भक्तपुरमा दुई दिने नेपालभाषा साहित्य सम्मेलन सुरु
असोज २८, २०८१ सोमबार
तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
असोज २८, २०८१ सोमबार