राहत उपलब्ध गराउनका लागि समन्वय र सहजीकरण गर्न ८ जिल्लामा कार्यदल गठन
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १८:५५:८
१४ असोज, काठमाडौं । गृह मन्त्रालयले असोज १० देखि १२ को अति भारी वर्षका कारण प्रभावित ८ जिल्लामा यथोचित राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ । ८ जना सहसचिवको संयोजकत्वमा बाढी–पहिरो प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी ८ जिल्लाका लागि कार्यदल गठन भएको हो ।
काठमाडौंमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेमा वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई कार्यदलको संयोजक बनाइएको छ ।
कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन् । कार्यदललाई आगामी पुस २० गतेसम्मको समयसीमा दिएर कार्यक्षेत्र तोकिएको छ ।
१. अति भारी वर्षका कारण उत्पन्न बाढी–पहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने ।
२. अति भारी वर्षका कारण आएको बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गर्ने ।
३. क्षतिग्रस्त सडकहरूको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सडक निर्माण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने ।
४. विपद पीडित नागरिकहरूको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने ।
५. कार्यदलले आगामी पुस २० गतेसम्म गृहमन्त्रालयमा प्रतिवेदन पेस गर्ने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार
भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
पुष १६, २०८१ मंगलबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार
भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
पुष १६, २०८१ मंगलबार
गुलरियामा सिँचाइ सुविधा पुर्याउन नहर निर्माण गरिँदै
पुष १६, २०८१ मंगलबार
आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या बढ्यो
पुष १६, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट महिलाको मृत्यु, ५ जना घाइते
पुष १६, २०८१ मंगलबार