कस्तो छ आज देशभरको मौसम ?
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार ६:५१:२४
१५ असोज, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का बर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरू, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बुधबार कस्तो हुन्छ मौसम ?
दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक दुई स्थानहरूमा भारी बर्षाको पानी संभावना रहेको छ।
रातीː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।कोशी प्रदेशका केही स्थानहरू तथा मधेश लगायत बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको सडक एकतर्फी सुचारु
असोज १५, २०८१ मंगलबार
मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला
असोज १५, २०८१ मंगलबार
बाढी–पहिरो र डुबानः २ सय १७ को मृत्यु, २८ जना वेपत्ता
असोज १५, २०८१ मंगलबार
पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको सडक एकतर्फी सुचारु
असोज १५, २०८१ मंगलबार
जम्मू कश्मीरमा तेस्रो चरणको मतदान आज
असोज १५, २०८१ मंगलबार
एमाले सचिवालय बैठक बस्दै
असोज १५, २०८१ मंगलबार
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
असोज १५, २०८१ मंगलबार
मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला
असोज १५, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
असोज १५, २०८१ मंगलबार