रोनाल्डो र मानेको गोलमा अल नासर विजयी
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार ८:४:४
१५ असोज, काठमाडौं । अल नासरले एशियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा कतारी क्लब अल रियान पराजित गरेको छ । गएराति सम्पन्न खेलमा अल नासरले अल रियानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा साडियो माने र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । रोनाल्डोले यो गोल आफ्नो पिताको नाममा समर्पित गरेका थिए । आफ्ना पिताको जन्मदिनको दिन गरेको गोल भन्दै उनले यो गोल आफ्ना लागि विशेष रहेको रोनाल्डोले बताएका छन् ।
त्यस्तै अल रियानका लागि रोजर गुएडसले एक गोल गरेका थिए । यस अघि पहिलो खेलमा बराबरीमा रोकिएको अल नासरको यो एएफसी च्याम्पियन्स लिगमा पहिलो जित हो । यो जितपछि २ खेलमा ४ अंक भएको छ । त्यस्तै अल रियानले भने आफ्ना सुरुवाती दुवै खेलमा हार बेहोरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएभरेष्ट महिला भलिबल लिग: चितवनको विजयी शुरुवात
असोज १५, २०८१ मंगलबार
क्यानडामाथि ओमानको ८ विकेटको जित
असोज १५, २०८१ मंगलबार
विदेशी खेलाडीका लागि आइपीएलले बनायो कडा नियम
असोज १५, २०८१ मंगलबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज १५, २०८१ मंगलबार
पहिरोका कारण मेची राजमार्ग अवरुद्ध
असोज १५, २०८१ मंगलबार
जडिबुटीस्थित होटलबाट जुवातास खेलिरहेका सात जना पक्राउ
असोज १५, २०८१ मंगलबार
तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण
असोज १५, २०८१ मंगलबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार