एभरेष्ट महिला भलिबल लिग: चितवनको विजयी शुरुवात
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार ८:३७:५४
१५ असोज, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चितवन शक्तिले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । राति सम्पन्न खेलमा चितवनले गण्डकीलाई ३-१ को सेटले पराजित गरेको हो । चितवनले पहिलो सेट २५-२२ ले जितेको थियो भने गण्डकीले दोस्रो सेट २५-१९ ले जितेको थियो ।
त्यसपछि चितवनले शानदार कमब्याक गर्दै तेस्रो सेट २५-२३ र चौथो सेट २५-१८ ले जितेको थियो । यस खेलमा उत्कृष्ट प्रदर्शन गरेकी चितवनकी सलिना बुढा मगर खेलको प्लेयर अफ द म्याच बनेकी थिइन् । यस अघि सोमबार ललितपुर र कर्णालीले आ-आफ्नो खेल जितेका थिए ।
लिगमा आज पनि तीन खेल हुँदै छन् । जस अन्तर्गत पहिलो खेल गण्डकी र कर्णालीबीच अपरान्ह ३; ४५ बजेदेखि हुने छ भने दोस्रो खेल काठमाडौँ र चितवनबीच ५: ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै तेस्रो खेल ललितपुर र मधेशबीच ७: ४५ बजेदेखि शुरु हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडामाथि ओमानको ८ विकेटको जित
असोज १५, २०८१ मंगलबार
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी
असोज १५, २०८१ मंगलबार
विदेशी खेलाडीका लागि आइपीएलले बनायो कडा नियम
असोज १५, २०८१ मंगलबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज १५, २०८१ मंगलबार
पहिरोका कारण मेची राजमार्ग अवरुद्ध
असोज १५, २०८१ मंगलबार
जडिबुटीस्थित होटलबाट जुवातास खेलिरहेका सात जना पक्राउ
असोज १५, २०८१ मंगलबार
तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण
असोज १५, २०८१ मंगलबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार