जम्मू कश्मीरमा तेस्रो चरणको मतदान आज
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार ९:४३:५२
१५ असोज, काठमाडौं । भारतको केन्द्र शासित प्रदेश जम्मू कश्मीरमा १० वर्षपछि विधानसभा चुनाव जारी रहेको छ । जस अन्तर्गत आज तेस्रो तथा अन्तिम चरणको मतदान हुँदै छ । आज ४० सिटका लागि मतदान हुन लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
जसमा जम्मु डिभिजनका २४ सिट र उत्तर कश्मीर उपत्यकाका १६ सिटका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन् । तेस्रो चरणमा कुल ४१५ उम्मेदवार मैदानमा छन् । यससँगै सबै ९० विधानसभा सिटमा मतदान प्रक्रिया पूरा हुनेछ । आजको मतदानपछि मतगणना अक्टोबर ८ मा हुने छ ।
जम्मू कश्मीरमा तीन चरणमा विधानसभा चुनाव हुँदैछ। पहिलो चरणमा सेप्टेम्बर १८ मा २४ सिटका लागि मतदान भएको थियो । सेप्टेम्बर २५ मा दोस्रो चरणमा ४० सिटका लागि मतदान भएको थियो । आजको मतदानमा ३९ लाख १८ हजार २२० मतदाता मतदान गर्न योग्य छन् ।
जसमा २०,०९,०३३ पुरुष, १९,४०,०९२ महिला र ५७ अन्य मतदाता रहेका छन् । तेस्रो चरणमा १८ देखि १९ वर्षका युवा मतदाताहरूमध्ये १.९४ प्रतिशतले पहिलो पटक मतदान गर्दै छन् । निर्वाचन आयोगले ५०६० मतदान केन्द्रहरू सिर्जना गरेको छ ।
साथै, कश्मीरका आप्रवासी मतदाताहरूको लागि २४ विशेष मतदान केन्द्रहरू पनि स्थापना गरिएको छ। जसमा जम्मूमा १९, दिल्लीमा चार र उधमपुर जिल्लामा एउटा विशेष मतदान केन्द्र समावेश छ । तेस्रो चरणको निर्वाचनका लागि समग्रमा २० हजारभन्दा बढी मतदान कर्मचारी खटिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानका प्रधानमन्त्री किशिदाको राजीनामा, नयाँ सरकार गठन हुँदै
असोज १५, २०८१ मंगलबार
लेबनानमा इजरायलको जमिनी आक्रमण शुरु
असोज १५, २०८१ मंगलबार
जापानमा अक्टोबरमा चुनाव हुने
असोज १४, २०८१ सोमबार
जडिबुटीस्थित होटलबाट जुवातास खेलिरहेका सात जना पक्राउ
असोज १५, २०८१ मंगलबार
तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण
असोज १५, २०८१ मंगलबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
दशैंको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव
असोज १५, २०८१ मंगलबार
चाँदीका गरगहनासहित एक जना पक्राउ
असोज १५, २०८१ मंगलबार