लेबनानमा इजरायलको जमिनी आक्रमण शुरु
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १०:१३:२०
१५ असोज, काठमाडौं । इजरायलले लेबनानमा जमिनी आक्रमण शुरु गरेको बताएको छ । इजरायलको सेनाले दक्षिणी लेबनानबाट जमिनी आक्रमण शुरु गरेको जानकारी दिएको हो । इजरायलले अहिलेसम्म लेबनानमा हवाई आक्रमण मात्र गरेको थियो । यस अघि हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले आइतबार लेबनानसँगको सीमामा ट्याङ्कहरू तैनाथ गरेको थियो ।
इजरायलले आफ्ना एक लाख भन्दा बढी विस्थापित नागरिकलाई लेबनानको सीमा क्षेत्रमा फर्काउन जमिनी कारवाही आवश्यक रहेको बताउँदै आएको छ । इजरायलले जमिनी आक्रमण शुरु गरेपछि यो लडाई लामो समयसम्म चल्ने विश्लेषण गरिएको छ । इजरायलले पनि यसको समय सीमा तोकेको छैन । इजरायलको आक्रमणमा अहिलेसम्म हिजबुल्लाहका शीर्ष नेता हसन नसरल्लाहसहित लगभग सबै शीर्ष कमान्डर मारिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
असोज १५, २०८१ मंगलबार
इरानमा बाढीका कारण १५ जनाको मृत्यु , उद्धार अभियान समाप्त
असोज १५, २०८१ मंगलबार
बाइडेनले आँधीले ध्वस्त पारेको उत्तरी क्यारोलिनाको यात्रा गर्ने
असोज १५, २०८१ मंगलबार
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
असोज १५, २०८१ मंगलबार
भासिएर चिरा परेको सडक
असोज १५, २०८१ मंगलबार
इरानमा बाढीका कारण १५ जनाको मृत्यु , उद्धार अभियान समाप्त
असोज १५, २०८१ मंगलबार
एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री
असोज १५, २०८१ मंगलबार
बाइडेनले आँधीले ध्वस्त पारेको उत्तरी क्यारोलिनाको यात्रा गर्ने
असोज १५, २०८१ मंगलबार