एनआरएनए यूकेले बाढी पीडितलाई १५ लाख सहयोग गर्ने
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १०:३३:१७
१५ असोज, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरूलाई १५ लाख रुपैया सहयोग गर्ने भएको छ ।
संघका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सोमवार साँझ बसेको आकस्मिक बैठकले नेपालका बाढी पिडितहरुको लागि सो सहयोग गर्ने निर्णय गरेको हो । संघले पहिलो चरणमा १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र बाँकी ५ लाख पछि थप गर्दै जाने निर्णय समेत गरेको छ ।
संघका महासचिव गोविन्द खरेलले संचालन गरेको बैठकले उपाध्यक्ष सुरेश परियारको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको छ ।
बैठकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडा, यूरोप क्षेत्रीय उपसंयोजक महेश अधिकारी, आइसीसी सदस्यहरू चिरन शर्मा, विष्णु चालिसे, दिलराज गुरुङ, गैरआवासीय नेपाली संघ यूकेका पदाधिकारी तथा सदस्यहरू, स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष दिवाकार पाण्डे, इंल्याण्ड राज्य परिषदका अध्यक्ष शम्भु अर्याल समेतको उपस्थिति थियो ।
यसअघि गैरआवासीय नेपाली संघका अध्यक्ष डा। बद्री केसीको अध्यक्षतामा सोमवार बसेको अन्तराष्ट्रिय परिषदको बैठकले राष्ट्रिय समितिहरुलाई राहत वितरणमा सक्रिय हुन अनुरोध गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
आईसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने
पुष १८, २०८१ बिहिबार
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम
पुष १५, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार