एभरेष्ट महिला भलिबल लिग : चितवनको विजयी सुरुवात
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १०:३७:४७
१५ असोज, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चितवन शक्तिले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । राति सम्पन्न खेलमा चितवनले गण्डकीलाई ३-१ को सेटले पराजित गरेको हो ।
चितवनले पहिलो सेट २५-२२ ले जितेको थियो भने गण्डकीले दोस्रो सेट २५-१९ ले जितेको थियो । त्यसपछि चितवनले शानदार कमब्याक गर्दै तेस्रो सेट २५-२३ र चौथो सेट २५-१८ ले जितेको थियो ।
यस खेलमा उत्कृष्ट प्रदर्शन गरेकी चितवनकी सलिना बुढा मगर खेलको प्लेयर अफ द म्याच बनेकी थिइन् । यस अघि सोमबार ललितपुर र कर्णालीले आ-आफ्नो खेल जितेका थिए ।
लिगमा आज पनि तीन खेल हुँदै छन् । जस अन्तर्गत पहिलो खेल गण्डकी र कर्णालीबीच अपरान्ह ३स ४५ बजेदेखि हुने छ भने दोस्रो खेल काठमाडौँ र चितवनबीच ५:४५ बजेदेखि शुरु हुने छ । त्यस्तै तेस्रो खेल ललितपुर र मधेसबीच ७:४५ बजेदेखि शुरु हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार