प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १२:२:२६
१५ असोज, काठमाडौं । नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजी पद रिक्त भएको छ । डीआईजी यज्ञविनोद पोखरेलले अवकाश पाएसँगै एक एआईजी र पाँच डीआईजीको पद रिक्त भएको हो ।
विपत्तिमा नेपाल नभएका आईजीपी बसन्तबहादुर कुँवरको अनुपस्थितिमा निमित्त प्रहरी महानिरीक्षक एआईजी टेकप्रसाद राईले सोमबार उनको बिदाई गरेका थिए । मधेश प्रदेशबाट समयावधि नपुग्दै तानिएका र कारवाही गर्ने हल्ला गरिएका डीआईजी पोखरेललाई सोमबार चुपचाप बिदाई गरिएको थियो ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक राईले सेवानिवृत्त भएका प्रहरी नायव महानिरीक्षक पोखरेलले संगठनबाट सुम्पिएको जिम्मेवारी इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरेर बिदाई गरेका थिए । डीआईजी पोखरेल बैंक खातामा स्रोत नखुलेको पैसा भेटिएपछि गत महिना विवादमा परेको विषयलाई निमित्त आईजीपीले उठाउन चाहेनन । राईले पोखरेल इमानदार भएको भन्दै प्रशंसा गरेर बिदा गरे । यद्दपि डीआईजी पोखरेलले उक्त रकम छोरा विदेश पठाउन सापटी लिएको दावी गर्दै आएका छन् ।
बैंक खातामा स्रोत नखुलेको पैसा भेटिएपछि उनलाई मधेस प्रदेशको प्रहरी प्रमुखबाट हटाइएको थियो । त्यहाँ अहिले लालमणी आचार्यलाई पठाइएको छ । २०५२ साल कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा भर्ना भएका पोखरेल उमेर हदका कारण अवकाश पाएका हुन् । उनको अवकाशसँगै नेपाल प्रहरीकाे एआईजी एक र डीआईजीको पाँच पद रिक्त भएपछि बढुवाको लाइनमा रहेका एक दर्जन बढी एसएसपीहरु दौडधुपमा लागेका छन् ।
असोज २१ सम्म कार्यसम्पादन मूल्याङकन बुझाउने समय भएकाले त्यसपछि बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ । उनीहरुको बढुवामा अझै केही समय लाग्ने बताइएको छ । कार्यसम्पादन मूल्यांकन तथा प्रहरी दिवसपछि मात्रै रिक्त रहेको करिब दुई सय पदमा बढुवा हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात
असोज १४, २०८१ सोमबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
असोज १५, २०८१ मंगलबार
देशभर बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २२६ पुग्यो
असोज १५, २०८१ मंगलबार
एभरेष्ट महिला भलिबल लिग: कर्णालीको लगातार दोस्रो जित
असोज १५, २०८१ मंगलबार
सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
असोज १५, २०८१ मंगलबार
राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियानको प्रचण्डले गरे उद्घाटन
असोज १५, २०८१ मंगलबार
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा दुई करोड हस्तान्तरण
असोज १५, २०८१ मंगलबार
अविरल बर्षापछि बीपी राजमार्ग सुनसान ( फोटो फिचर )
असोज १५, २०८१ मंगलबार