चाँदीका गरगहनासहित एक जना पक्राउ
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १२:१७:११
१५ असोज, कास्की । पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध रूपमा ल्याएको ५ किलो ६ सय ९० ग्राम तौलको चाँदीका गरगहना सहित भारत पुर्वी चम्पारण सुगौली थाना-१० घर भई हाल कास्की पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने ३५ वर्षीय चन्द्र भूषण प्रसादलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरीले पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार चन्द्र भूषणलाई लुकाई छिपाई ल्याएको उक्त तौलको विभिन्न चाँदीका गरगहना सहित पक्राउ गरेको हो । उनको साथबाट चाँदी जस्तो देखिने सेतो धातुको बुट्टावाला पाउजु १ सय ४० थान, झल्लार पाउजु १ सय ९२ थान, सादा पाउजु १ सय २५ थान, चन्द्रमा ५ थान, साडी पिन ११ थान र पाउजुको लक हुक ४ सय ९८ थान बरामद भएको हो ।
उनलाई उक्त गरगहना सहित थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
असोज १५, २०८१ मंगलबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज १५, २०८१ मंगलबार
जडिबुटीस्थित होटलबाट जुवातास खेलिरहेका सात जना पक्राउ
असोज १५, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन
असोज १५, २०८१ मंगलबार
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
असोज १५, २०८१ मंगलबार
भासिएर चिरा परेको सडक
असोज १५, २०८१ मंगलबार
इरानमा बाढीका कारण १५ जनाको मृत्यु , उद्धार अभियान समाप्त
असोज १५, २०८१ मंगलबार
एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री
असोज १५, २०८१ मंगलबार