तनहुँका सिमनाथ–काहुँ सडक कालोपत्र गरिँदै
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १३:१४:४५
१५ असोज, तनहुँ । यहाँको ऋषिङ गाउँपालिकामा पर्ने सिमनाथ–काहुँ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको रु १५ करोड लागतमा करिब छ किलोमिटर सडक कालोपत्र थालिएको हो । पहिलो चरणमा ऋषिङको थप्रेक सिमनाथदेखि काँहुसम्म सडक कालोपत्र गरिने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।
उनका अनुसार सदरमुकाम दमौलीबाट ऋषिङ पुग्ने छोटो दुरीको यस सडकलाई प्राथामिकतामा राखेर काम गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । “जिल्लाको ऋषिङ मात्रै नभइ छिमेकी जिल्ला नवलपुरको बुलिङटार डेढगाउँ जोड्ने छोटो दुरीको सडक समेत रहेको छ,” उनले भने “जसले गर्दा सवारी आवतजावतमा छिटो पुग्न सकिन्छ ।”
सडक विस्तार, ‘रिटेनिङ वाल’ निर्माणसहितको कालोपत्र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाइएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभासदस्य शङ्कर भण्डारी र गण्डकी प्रदेशका पूर्वमन्त्री अर्थमन्त्री जीतप्रकाश आलेको पहलमा बजेट विनियोजन भएको सो गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी
असोज १५, २०८१ मंगलबार
दाउन्ने सडक आजराती १० बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने
असोज १५, २०८१ मंगलबार
दशैंको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव
असोज १५, २०८१ मंगलबार
भासिएर चिरा परेको सडक
असोज १५, २०८१ मंगलबार
इरानमा बाढीका कारण १५ जनाको मृत्यु , उद्धार अभियान समाप्त
असोज १५, २०८१ मंगलबार
एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री
असोज १५, २०८१ मंगलबार
बाइडेनले आँधीले ध्वस्त पारेको उत्तरी क्यारोलिनाको यात्रा गर्ने
असोज १५, २०८१ मंगलबार
बंगलादेशविरुद्धको टेस्ट सिरिजमा भारतको क्लीन स्वीप
असोज १५, २०८१ मंगलबार