बानेश्वरको एभरेस्ट र सिंहदरबार अगाडिको होटल बसेरामा अखाद्य वस्तु भेटिए, विभागले तिरायो जरिवाना
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १३:२९:४५
१५ असोज, काठमाडौं । काठमाडौंका दुई ठूला होटलमा अखाद्य वस्तु राखेर बिक्री गरेको पाइएको छ । उनीहरुले पाहुनालाई खान अयोग्य वस्तु खुवाएको अनुगमनका क्रममा भेटिएको हो । नयाँ बानेश्वरमा रहेको होटल एभरेस्ट र सिंहदरबार अगाडि रहेको बुटिक होटल बसेरामा म्याद सकिएका वस्तु भेटिएका हुन् । उनीहरुलाई तीन–तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार एभरेस्ट होटलको अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका सामान फेला परेको र ति सामान पाहुनाका लागि प्रयोग भएको पाइएको थियो । सिंहदरबार अगाडिको बसेरा होटलले खानेपानीमा अधिक मूल्य लिएको र सरसफाइमा ध्यान नदिएको पाइएको हो । विभागको टोलीले अनुगमन गर्दा दुवै होटलले उपभोक्ता हितविपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिवाना तिराइएको हो ।
विभागले चाडपर्व नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ । ठूला भनिएका यस्ता होटल नै उपभोक्ताको हित विपरीत काम लागेको भन्दै विभागले थप अनुसन्धान र अनुगमनलाई अगाडि बढाउने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार