हवाई उद्यमीले टेरेनन् मन्त्रीको निर्देशन, घटेन भाडा
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १३:५४:७
१५ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले हवाई भाडा कम गरेको दाबी गरे पनि वास्तविकतामा हवाई भाडा कम नभएको पाइएको छ । उनले हवाई व्यवसायीले भाडा घटाउन भनेपछि घटाएको बताएका थिए । तर, बजारमा त्यस्तो पाइएको छैन ।
मन्त्री पाण्डेको सचिवालयले मन्त्री पाण्डेको विशेष पहलमा हवाई भाडा कम गरेको दावी गरेको छ । पाण्डेको निर्देशन र विशेष पहलपछि सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत भएका दावी गरिएको छ ।
तर वास्तवमा भने हवाई भाडामा कुनै कमी आएको देखिएको छैन । कुनै पनि हवाई कम्पनीको आगामी शुक्रबारसम्मका लागि कुनै टिकट नै उपलब्ध रहेको छैन । शनिबारका लागि बुद्ध एयरले काठमाडौँदेखि भैरहवाको भाडा रु. ७२१६.१८ देखि ८१८४.५९ सम्म देखाएको छ । त्यस्तै इसेवामा बुद्ध एयरको ८५६४ रहेको छ भने श्री एयरको ८५ सय भाडा रहेको छ ।
यस अघि सामान्य अवस्थामा यो रुटमा सबै एयरलाइन्सले ५२ सयमा टिकट बेचिरहेका थिए । हवाई कम्पनीले अहिले सरकारले तोकेको अधिकतम मूल्यमा टिकट नबेच्ने घोषणा गरे पनि, मन्त्रीले भाडा घटाएको दाबी गरे पनि यात्रुले सामान्य अवस्था भैरहवाको रुटमा भन्दा २ देखि ४ हजार बढी भाडा तिरिरहेको पाइएको छ ।
अविरल वर्षासँगै बाढी पहिरोका कारण देशभरका अधिकांश सडक सञ्जाल र राजमार्गहरु अवरोध भएको तथा दशैंको मौका छोपेर हवाई कम्पनीहरूले यात्रुलाई झन मार पारिरहेको स्पष्ट हुँदा पनि मन्त्री पाण्डेले हवाई भाडा कम गरेको दावी गर्न छोडेका छैनन् । अहिले यात्रुले टिकट पाइरहेका छैनन् र पाएको टिकट पनि अन्य समयमा भन्दा ४ हजारसम्म बढी तिरेको स्पष्ट देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
असोज २८, २०८१ सोमबार
मनकामना केबलकार तीन दिन बन्द हुने
असोज २८, २०८१ सोमबार
एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण
असोज २८, २०८१ सोमबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
नेपालबहस संवाददाता
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
असोज २८, २०८१ सोमबार
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिए
असोज २८, २०८१ सोमबार
पौडी खेल्ने क्रममा बेपता बालिका मृत फेला
असोज २८, २०८१ सोमबार
सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी
असोज २८, २०८१ सोमबार
लेबनानस्थित संयुक्त राष्ट्रसंघको आधारमा इजरायली सैनिक प्रवेश
असोज २८, २०८१ सोमबार
भक्तपुरमा दुई दिने नेपालभाषा साहित्य सम्मेलन सुरु
असोज २८, २०८१ सोमबार
तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
असोज २८, २०८१ सोमबार