फिल्म ‘सानो संसार’ पुन प्रदर्शन गरिने
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १४:०:२८
१५ असोज, काठमाडौं । शुक्रबार र शनिबार परेको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएपछि फिल्म ‘सानो संसार’का निर्माताले प्रदर्शनको दुई दिनमै रिलिज स्थगित गरेका थिए । अब आगामी कात्तिक ९ गते फिल्मलाई पुनः प्रदर्शन गरिने भएको छ ।
निर्माण कम्पनी प्रिन्सेस मुभिजले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी गराएको हो । कात्तिक ९ गते अन्य कुनै नेपाली फिल्म छैनन् ।
प्रदर्शन पूर्व काठमाडौंमा गरिएको प्रिमियरमा ‘सानो संसार’ले राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मको कथावस्तु र कलाकारहरूको अभिनयको प्रशंसा भएको थियो । तर, रिलिज कै दिनदेखि देशभर पानी पर्दा हलमा फिल्म हेर्ने दर्शक शून्य बराबर थिए । यसपछि फिल्मको प्रदर्शन नै स्थगित गर्न निर्माता बाध्य भए । अब फेरि फिल्मको प्रचारमा निर्माताले ठूलो खर्च र मिहिनेत गर्नुपर्ने देखिन्छ ।
सिद्धार्थ पुडासैनीको निर्देशनमा बनेको फिल्ममा सीतादेवी तिमिल्सेना, अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय रहेको छ ।
निर्देशकदेखि कलाकार सबैको यो पहिलो फिल्म हो । ‘सानो संसार’को निर्मातामा अर्जुन कुमार र कार्यकारी निर्मातामा माधव वाग्ले रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक्सनले भरिपूर्ण फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक
असोज १५, २०८१ मंगलबार
'पूर्ण बहादुरको सारङ्गी' ले भिडियो प्रतियोगिता गर्दै, विजेताले ५० हजार पाउने
असोज १४, २०८१ सोमबार
चलचित्र ‘एक्टर : टेक वन’को टिजर सार्वजनिक
असोज १३, २०८१ आइतबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो
असोज १६, २०८१ बुधबार
हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु
असोज १६, २०८१ बुधबार
मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने
असोज १६, २०८१ बुधबार
एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा
असोज १६, २०८१ बुधबार
बागमती प्रदेशसभाको अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार