बंगलादेशविरुद्धको टेस्ट सिरिजमा भारतको क्लीन स्वीप
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १४:२०:१२
१५ असोज, काठमाडौं । भारतले बंगलादेशविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ । मंगलबार दोस्रो टेस्ट ७ विकेटले जितेर भारतले २ खेलको सिरिज २-० ले जितेको हो ।
यस टेस्टमा बंगलादेशले भारतलाई ९५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य भारतले ३ विकेट गुमाउँदै पुरा गरेको थियो ।
खेलको तीन दिन वर्षाले प्रभावित बनेपछि चौथो दिनको खेल सकिँदा बंगलादेशले दोस्रो इनिङ्ग शुरु गरेको थियो । चौथो दिनको खेल सकिँदा बंगलादेशले २ विकेट गुमाएर २६ रन बनाएको थियो र भारतभन्दा २६ रनले अझै पछाडि रहेको थियो । खेलको पाँचौं दिन बंगलादेश आफ्नो दोस्रो इनिङ्गमा केवल १४६ रन बनाएर अल आउट भएपछि भारतले ९५ रनको लक्ष्य पाएको थियो ।
यस अघि भारतले आज आफ्नो पहिलो इनिङ्गमा ९ विकेट गुमाउँदै २८५ रन बनाएर इनिङ्ग घोषणा गरेको थियो । भारतले पहिलो इनिङ्गमा ५२ रनको अग्रता लिएर इनिङ्ग घोषणा गरेको थियो । त्यस्तै बंगलादेश आफ्नो पहिलो इनिङ्गमा २३३ रन बनाएर अल आउट भएको थियो । भारत र बंगलादेशले अब आइतबारदेखि ३ खेलको टी-२० सिरिज खेल्दै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार