गृहमन्त्रीको ब्रिफिङ सुनेपछि राज्य व्यवस्था समितिले भन्यो, अलपत्र यात्रुहरुको तत्काल उद्धार गर्नू
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १४:३०:४०
१५ असोज, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र परेका यात्रुहरूलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ । बाढी तथा पहिरोको क्षतिबारे छलफल गर्न समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो । बैठकमा गृहमन्त्री रमेश लेखकले पछिल्लो अवस्थाबारे समितिलाई जानकारी गराएका थिए ।
मन्त्री लेखकले अविरल वर्षापछिको बाढीपहिरो र डुबानपछि सरकारले उद्धार, बेपत्ताको खोजी, पीडितलाई राहत दिने र अवरुद्ध सडक सञ्चालन गर्ने कार्य प्राथमिकतामा रहेको बताएका थिए । विपद्पछिको प्रति कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम थालिसकेको उनको भनाइ थियो ।
छलफलपछि समितिले राजमार्गहरुमा अलपत्र परेका यात्रुहरूलाई तत्काल उद्धार गर्न निर्देशन दिएको हो । राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत समितिले भनेको छ । बैठकमा गृहमन्त्री लेखकले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिएका थिए ।
लेखकले बाढीपहिराेमा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्वयंसेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताए । ५० वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै गृहमन्त्रीले काठमाडौं उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएका जानकारी दिए । उद्धारमा नेपाली सेनाका तीन हजार ९०६, नेपाल प्रहरीका १४ हजार ८०२ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
नहरमा हिउँदेबालीका लागि सिँचाइ
मंसिर ९, २०८१ आइतबार
कर्णाली करिडोर र हुम्ला करिडोर
मंसिर ९, २०८१ आइतबार